लण्डन । उर्जाको मूल्य बढ्दा बेलायतमा तीन महिनाको अवधिमा २४ वटा उर्जा कम्पनी बन्द भएका छन् ।
सेप्टेम्बर २०२१ देखि नोभेम्बरको दोस्रो साता सम्ममा दुई दर्जन कम्पनी बन्द हुनाले करिब २० लाख उपभोक्ता प्रभावित बनेका छन् । नोभेम्बरको दुई सातामा मात्र आठ वटा उर्जा कम्पनी बन्द भएका छन् ।
उपभोक्ताहरुलाई बेलायतको उर्जा नियामक कम्पनी अफजेमले अर्को कम्पनीमा अस्थायी रुपमा स्थानान्तर गरेको छ तर उपभोक्ताहरुले पहिले आफूले रोजेको कम्पनीले उपलब्ध गराएको दररेटभन्दा बढी मूल्य चुकाउनु परेको छ ।
यस वर्षको शुरुवातदेखि नै बेलायतमा बिजुली र ग्याँस दुवैको भाउ बढिरहेको छ र अझै जर्मनीको नियामक कम्पनीले हालसालै रसियाबाट बाल्टिक क्षेत्र हुँदै युरोप आउने सीधा ग्याँस लाइनलाई अनुमति नदिएपछि यो संकट अझै गहिरिने देखिन्छ । किनकी अन्य मार्गबाट ग्याँसको अतिरिक्त आपूर्ति बढाउन रसिया राजी भएको छैन ।
उर्जा संकट बढ्दै जाँदा बेलायतमा अरु पनि उर्जा कम्पनीहरु बन्द हुने र उपभोक्ताहरुलाई अझै मर्का पर्ने विश्लेषण गरिएको छ । हालसम्म बन्द भएकामा धेरैजसो साना कम्पनीहरु छन् । यो वर्षको अन्त्यसम्ममा कम्तीमा अरु १० कम्पनी बन्द हुने आँकलन गरिएको छ ।
उर्जा कम्पनी बन्द भएका उपभोक्ताहरुलाई अहिले स्थानान्तरण गरिएको कम्पनीबाट अरुतिर नजान अफजेमले सुझाव दिएको छ । अफजेमले सस्तो प्याकेज आफैँले खोजेर त्यस्ता उपभोक्तालाई दिने बताएको छ । वर्तमान प्रावधानअनुसार अफजेमले सस्तो मूल्यमा बन्द भएका उर्जा कम्पनीका उपभोक्ता लिन उर्जा कम्पनीहरुसित प्रतिष्पर्धा गराउने गर्छ र त्यसबाट उपभोक्तालाई फाइदा पुग्ने अनुमान छ ।
विज्ञहरुले गत वर्षको दाँजोमा यसवर्ष प्रति घर उर्जाको मूल्य २०० पाउण्ड बढिसकेको र आउँदो अप्रिलसम्ममा वृद्धि ४०० पाउण्डसम्म पुग्ने भएकाले अफजेमलाई थप राहत प्याकेज ल्याउन अनुरोध गरेका छन्।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने