लण्डन । लिभरपुर वुमन्स अस्पतालको प्रवेशद्वारमा आइतबार भएको ट्याक्सी विस्फोटमा सो ट्याक्सीमा यात्रारत यात्रुको संलग्नता रहेको प्रहरीले बताएको छ ।
ती यात्रुको मृत्यु भएको छ भने प्रहरीले सो घटना आतङ्कवादसित सम्बन्धित रहेको बताएको छ । मृतकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार यात्रुले सो अस्पतालमा ट्याक्सी रोकिनासाथ आफूसित रहेको विष्फोटक पदार्थ पड्काएका थिए । उनले घटनास्थलबाट करिब १० मिनेट टाढाको रटल्याण्ड आभेन्यूबाट ट्याक्सी चढेको पाइएको छ ।
प्रहरीले घटनामा संलग्नहरुका बारेमा पत्ता लागिसकेको बताएको छ ।
घटनामा प्रयोग भएको ट्याक्सीका चालक भने अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।
प्रहरीले सो घटनामा संलग्न रहेको आशंकामा अर्का एक जना २० वर्षीय युवालाई पनि पक्राउ गरेको छ । यसअघि आइतबार नै अरु तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
बेलायतभर आइतबार विभिन्न युद्धहरुमा ज्यान गुमाएकाहरुको सम्झनामा विभिन्न कार्यक्रम आयोजना भइरहेको बखतमा सो घटना भएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण