काठमाडौं। नेपाल सरकारले विभिन्न समयमा चोरिएका झन्डै ९ सय वर्ष पुरानासहित १४ वटा पुरातात्विक महत्वका मूर्तिहरु बेलायतबाट फिर्ता ल्याउने प्रकृया शुरु गरिएको छ । लन्डनस्थित क्रिस्टिज लिलामघरले ती मूर्तिहरु फिर्ता गर्न तयार रहेको भन्दै दावी पेश गर्न आग्रह गरेपछि उनीहरुलाई फिर्ता ल्याउन पहल थालिएको पुरातत्व विभागका महानिर्देशकले बीबीसी नेपाली सेवालाई बताएका छन्। 
बेलायतमा फेला परेका मूर्तिहरुमध्ये करिब ३५ बर्ष अघि पाटनबाट हराएको १२ औँ शताब्दीको उमा महेश्वरको मूर्तिसहित ३ वटाको मात्र हालसम्म पहिचान भएको छ। नेपालबाट चोरिएर के कति मूर्तिहरु विदेश पुगेका छन् त्यसबारे स्पष्ट तथ्याकं आफूसँग नभएको सरकारले बताउँदै आएको छ।
फ्रान्सको लियोँमा अघिल्लो महिना इन्टरपोलले आयोजना गरेको हराएका पुरातात्विक सम्पदाहरुको संरक्षण सम्बन्धी कार्यशाला गोष्ठीमा बेलायत पुगेका ती मूर्तिबारे जानकारी गराइएपछि गोष्ठीमा सहभागी पुरातत्व विभागका अधिकारीहरु आश्चर्यमा परेका थिए।
उक्त गोष्ठीका क्रममा क्रिस्टिज प्रतिनिधिले बेलायत पुगेका १४ वटा नेपाली मूर्ति फिर्ता दिन आफू इच्छुक रहेको जानकारी गराए लगत्तै विभागले ती मूर्तिहरु फिर्ता ल्याउने प्रक्रिया थालेको महानिर्देशक भेषनारायण दाहालले बीबीसीलाई बताए ।
ती पुरातात्विक महत्वका मूर्तिहरु सन् २०१२ मा लिलामीमा राखिएको थियो।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण