लण्डन ।युद्ध साहित्य पुरस्कार कोषले साहित्यकार केदार संकेतको युद्ध उपन्यास ‘अफगानी रणमैदान’लाई यस वर्षको युद्ध साहित्य पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
यो पुरस्कार सन् २०२२ मा एक कार्यक्रमको आयोजना गरि प्रदान गरिने कोषले जनाएको छ । हरेक दुई/दुई वर्षमा पुरस्कार प्रदान गरिने यो पुरस्कारको राशी र ५० हजार रुपियाँ र ताम्रपत्र रहेको छ ।
दुई वर्ष भित्र प्रकाशित भएको युद्ध साहित्यको कृति वा युद्ध साहित्यको उन्नति, प्रगति, संक्षण र सम्बर्धनमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति या संस्थालाई प्रदान गरिने कोषले जनाएको छ ।
युद्ध साहित्य पुरस्कार पाउने केदार संकेत पहिलो लेखक हुन् । उनका हालसम्म आफैँ जलेको देश (कविता संग्रह २०६४), एथेन्सको झरी (यात्रास्पर्श २०६७), पैयुँका फूलहरु (हाइकु संग्रह २०६८), संकेतका कविताहरू (कविता सग्रह २०६८), अफिम फुल्ने देशमा (खण्डकाव्य २०७०), ताँ गो तेकेरे नुङ (कोइँच भाषाको कविता संग्रह २०७३) र बुद्धल्यान्ड टु स्विजरल्यान्ड (यात्रास्पर्श २०७५) कृति प्रकाशित छन् ।
सांग्रिला पुस्तक प्रालlद्वारा प्रकाशित ‘अफगानी रणमैदान’ युद्ध उपन्यासमा संकेतले सैनिक पेशामा आवद्ध हुँदादेखि वर्तमानसम्म आफूले देखेका र भोगेका युद्धका अनुभूतिहरूलाई पस्किएका छन् । अनेसास ठाकुरप्रसाद उत्कृष्ट कृति पुरस्कार (२०६८), जैमली साहित्य डायस्पोरा पुरस्कार (२०६९) लगायतका पुरस्कारद्वारा संकेत पुरस्कृत भइसकेका छन् । उनी ‘साहित्य सँगालो’वेभसाइडका प्रधान सम्पादक पनि हुन् ।
नेपाली युद्ध साहित्य सिद्धान्तको प्रतावना सन् २०११ मा पहिलो नेपाली युद्ध कविता संग्रह ‘युद्धमा हराएको प्रेम’ मार्फत गरिएको थियो । उक्त संग्रहमा नेपाली युद्ध साहित्यको परिभाषासहित युद्ध साहित्यबारे संक्षिप्त व्याख्या गरिएको छ । यसपछि सन् २०१४ मा ‘युद्ध साहित्य सिद्धान्त र सृजनाहरु’ प्रकाशित गरी युद्ध साहित्यको थप विवेचना, ब्याख्या र विमर्श गर्दै युद्ध साहित्य अभियानलाई अझ सशक्त बनाउदै ल्याएका छन् । ११ नोभेम्बर (रिमेम्बरेन्स डे अथवा पप्पी डे) को अवसर पारी युद्ध साहित्य सिद्धान्तका अभियन्तहरुले युद्ध साहित्य कोषको निर्माण गरी युद्ध साहित्य पुरस्कार प्रदान गर्ने र युद्ध साहित्यलाई अझ बिस्तार गरी लैजाने बताएका छन् । गोर्खाली लाहुरे अर्थात गोर्खाली सेनाका संघर्ष, वीरता, ईतिहास र विभिन्न अलिखित विषयहरुलाई लेखन मार्फत संर्वधन र संरक्षण गर्ने र समग्र युद्ध साहित्यलाई स्थापित गर्ने उद्देश्य रहेको गणेश राईले बताउनु भयो । यस अभियानका अभियान्तहरु गणेश राई, काङमाङ नरेश राई र अप्जसे कान्छा हुन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने