लण्डन । नेपालमा कोरोनाको खोप लगाएकाहरुले नोभेम्बर २२ देखि बेलायत आउँदा क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ ।
बेलायतले नेपालमा प्रयोग भएका कोरोना खोपहरु सिनोफार्म, सिनोभ्याक, कोभ्याक्सिन लगायतका खोपलाई मान्यता दिएपछि क्वारेन्टाइनमा बस्न नपर्ने भएको हो ।
बेलायतले यसअघि नै नेपालमा प्रयोगमा रहेका अरु कोरोना खोपहरु फाइजर, जोन्सन एण्ड जोन्सन, अक्सफोर्ड आष्ट्राजेनिका आदिलाई मान्यता दिइसकेको छ ।
नेपालस्थित बेलायती दुताबासका अनुसार अब नेपालमा कोभिड खोप लगाएको १४ दिन भएका यात्रुहरुले बेलायत आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने छैन । यस्तै १८वर्ष मुनीकालाई कोभिड भ्याक्सिन लगाउन जरुरत छैन ।
यसअघि नेपालमा पूरा डोज कोरोना खोप लगाए पनि बेलायत आएपछि घरमै १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान रहेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’