लण्डन । बेलायतको अर्थतन्त्र अर्को वर्षसम्ममा कोभिड पूर्वको अवस्थामा फर्कने अनुमान गरिएको छ ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले आज बेलायतको संसदमा बजेट प्रस्तुत गर्दै सो आँकलन गरेका हुन् । उनले यो वर्ष बेलायतको अर्थतन्त्र ६.५ प्रतिशत वृद्धि भएको र आगामी वर्ष पनि ६ प्रतिशतले बढ्ने बताएका छन् ।
यस्तै आगामी वर्ष मुद्रा स्फिति ४ प्रतिशत पुग्ने र बेरोजगारी दर ५.२ प्रतिशतसम्म पुग्नसक्ने विश्लेषण गरिएको छ । बेलायतमा यस वर्षको सेप्टेम्बरमा मुद्रा स्फिति ३.१ प्रतिशत रहेको थियो भने यसअघि बेरोजगारी दर अर्को वर्ष ११ प्रतिशत नाघ्ने अनुमान गरिएको थियो ।
सुनकले आगामी अप्रिल १ देखि न्यूनतम ज्याला दर वृद्धि गरिने बताएका छन् । जसअनुसार २३ वर्ष माथिका पूर्णकालिन कर्मचारीका लागि प्रतिघण्टा ९ पाउण्ड ५० पेन्स प्रतिघण्टा बनाइएको छ । अहिले न्यूनतम ज्याला ८ पाउण्ड ९१ पेन्स प्रतिघण्टा रहेको छ ।
यस्तै सार्वजनिक क्षेत्रमा तलव वृद्धिमा यसअघि लगाइएको रोक अब हटाइएको छ ।
बजेटमा बेलायतको स्वास्थ्य सेवाका लागि ४४ बिलियन पाउण्ड वृद्धि गरिएको छ भने ११.५ बिलियन पाउण्ड १ लाख ८० हजार घर निर्माणका लागि छुट्याइएको छ । विभिन्न क्षेत्रमा सार्वजनिक यातायात निर्माणका लागि ६.९ बिलियन पाउण्ड छुट्याइएको छ भने स्वास्थ्य र हेरचाह क्षेत्रमा अनुसन्धान र विकासका लागि १०.९ बिलियन पाउण्ड विनियोजन गरिएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न