काठमाडौं। सहमतिमा संविधान जारी हुनुपर्ने माग गर्दै आएको एकीकृत नेकपा माओवादी नेतृत्वको तीस दलीय मोर्चाले गरेको तीन दिने आमहड्तालको पहिलो दिन देशभरको जनजीवन प्रभावित बनेको छ। काठमाडौंमा बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधनमा तोडफोड गरेका छन्। देशभरका लामा दुरीका सवारी साधान चलेका छैनन् भने केही स्थानमा छोटा दुरीका सवारी सञ्चालनमा रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। 
राजधानीका विभिन्न स्थानमा समूह बनाएर बन्दकर्ताहरु शहरको भित्री भागमा समेत बन्द गराउँदै हिडेका छन्। प्रहरीले बन्द गराउँदै हिंडेका एकीकृत माओवादीका नेता हिमाल शर्मा, काठमाडौं जिल्ला कमिटीकी सचिव रेणु दाहाल र अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतसहित केहीलाई बिजुली बजारबाट पक्राउ गरेको छ। त्यसपछि सो स्थानमा बन्दकर्ता र प्रहरीबीच केही समय ढुंगा हानाहान भएको थियो।
सोमबार साँझ तीस दलीय मोर्चाले देशभर मसाल जुलुस आयोजना गरेको थियो। मसाल जुलुसपछि प्रहरीले बागबजारस्थित अखिल क्रान्तिकारीको केन्द्रिय कार्यालयमा छापा मारेर सचिव रंजित तामाङसहित ६ जनालाई पक्राउ गरेको थियो।
यसअघि सोमबार बसेको तीन दलीय मोर्चाको बैठकले बन्द बिहान ५ बजेदेखि साझ सम्म हुने निर्णय गरेको थियो। त्यसअघि प्रधानमन्त्री सुशील कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा वार्ता भएको थियो। बैठकमा प्रधानमन्त्री कोइरालाले बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए भने दाहालले बहुमतीय प्रक्रिया रोक्नु पर्ने आफ्नो पुरानो अडान दोहोर्याएका थिए।
यसअघि नै माओवादी अध्यक्ष दाहालले आन्दोलनले दीर्घकालीन विद्रोहको रुप लिन सक्ने चेतावनी दिएका थिए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते