लण्डन । आउँदो मे महिनामा बेलायतमा हुने स्थानीय निर्वाचनमा नेपाली मूलका एक महिलाले काउन्सिलरका लागि टिकट हात पारेकी छिन् ।
अल्डरसटमा बसोबासरत श्रीमती सुमन पुनले कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट पाएकी हुन् ।
लिडरसीप म्यानेजमेण्टमा एमएस्सी गरेकी सुमन सामाजिक कार्यकर्ताका साथै व्यापारमा पनि संलग्न छिन् । उनी मान ट्राभल एण्ड टूर सर्भिसको प्रबन्ध निर्देशक रहेकी छिन् भने विगत सात वर्षदेखि गोरखा सर्भिसेज लाइफ केयर म्यानेजमेण्टको पनि संस्थापक निर्देशक रहेकी छिन् ।
पूर्व गोरखा सैनिककी श्रीमती पुन सन् २०१९ देखि कञ्जरभेटिभ पार्टीमा सक्रियरुपमा आवद्ध भएकी हुन् । उनी सो पार्टीको डाइभरसिटी समूहको उपाध्यक्ष र व्यापार उद्यम समूहकी अध्यक्ष रहेकी छिन् ।
पुन स्थानीय नेपाली समुदायमा सक्रिय र परिचित छिन् । उनकै निर्माणमा केही महिनाअघि युकेका नेपाली कलाकारहरुले देशप्रेमले भरिएको म्यूजिक भिडियो पनि बनाएका थिए ।
रसमुर काउन्सिलमा कञ्जरभेटिभ पार्टीको बहुमत रहँदै आएको छ र सो काउन्सिलमा यसवर्ष पनि कञ्जरभेटिभ पार्टीबाट दुईजना नेपाली मूलका काउन्सिलर चुनिएका छन् ।
बेलायतमा नेपाली मूलका काउन्सिलरहरु थपिँदै गए पनि महिला काउन्सिलरहरुको संख्या भने न्यून छन् । यसअघि स्वान्ली काउन्सिलमा गुल्मीकी लक्ष्मी गैरे काउन्सिलर निर्वाचित भएकी थिइन् भने केही वर्षअघि गिल्फोर्ड काउन्सिलमा लेबोर पार्टीबाट काउन्सिलरको टिकट पाएकी युवा उम्मेदवार आकांक्षा गुरुङले भने विजय हासिल गर्न सकिनन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न