लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी करिब आठ महिना बेलायत बसी आइतबार नेपाल फर्केका छन् ।
टर्किस एयरलाइन्सको लण्डनको स्थानीय समयअनुसार साँझ ५.४०को टीके १९७२ नम्बरको उडानबाट उनी पत्नीसहित नेपाल फर्किएका हुन् । दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल लगायतका कर्मचारीहरुले लण्डन हिथ्रो विमानस्थलको टर्मिनल २ मा रेग्मीलाई विदाई गरेका थिए ।
नेपाल सरकारले रेग्मीलाई चार वर्षका लागि बेलायतको राजदुतमा नियुक्त गरेपछि उनी यसैवर्षको मार्च १ तारिखमा लण्डन आइ पदबहाली गरेका थिए ।
तर यसबीचमा नेपालमा सरकार परिवर्तन भएपछि रेग्मीसहित विभिन्न देशका नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय भएको थियो । त्यसैकारण बेलायतको संक्षिप्त बसाइ टुङ्ग्याउँदै रेग्मी नेपाल फर्किएका हुन् ।
कोरोनाका कारण लकडाउन भएकै अवस्थामा बेलायत आइपुगेका रेग्मीले पुगनपुग आठ महिनाको बेलायत बसाइमा लामो समयदेखि थाँती रहेको गोरखाहरुको समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच (जीटूजी)वार्ता गराउन उल्लेख्य भूमिका खेलेका थिए । तर त्यो वार्ता शुरु हुन नपाउँदै उनी नेपाल फर्किएका छन् ।
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बेलायतवासी कवि दाहालको नयाँ कृति ‘एक अस्तित्व आलाप’ सार्वजनिक
तिहार र भैलो, सामाजिक रूपान्तरणको खोजी
हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव नेपाल ल्याइयो
नेपाली साहित्य विकास परिषद् यूकेले विभिन्न कार्यक्रमसहित मनायो ११६औं लक्ष्मीप्रसाद देवकोटा जयन्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको बेलायतका राजकुमार एन्ड्र्युमाथि आरोप
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतसहित ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णय
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन