लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी करिब आठ महिना बेलायत बसी आइतबार नेपाल फर्केका छन् ।
टर्किस एयरलाइन्सको लण्डनको स्थानीय समयअनुसार साँझ ५.४०को टीके १९७२ नम्बरको उडानबाट उनी पत्नीसहित नेपाल फर्किएका हुन् । दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल लगायतका कर्मचारीहरुले लण्डन हिथ्रो विमानस्थलको टर्मिनल २ मा रेग्मीलाई विदाई गरेका थिए ।
नेपाल सरकारले रेग्मीलाई चार वर्षका लागि बेलायतको राजदुतमा नियुक्त गरेपछि उनी यसैवर्षको मार्च १ तारिखमा लण्डन आइ पदबहाली गरेका थिए ।
तर यसबीचमा नेपालमा सरकार परिवर्तन भएपछि रेग्मीसहित विभिन्न देशका नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय भएको थियो । त्यसैकारण बेलायतको संक्षिप्त बसाइ टुङ्ग्याउँदै रेग्मी नेपाल फर्किएका हुन् ।
कोरोनाका कारण लकडाउन भएकै अवस्थामा बेलायत आइपुगेका रेग्मीले पुगनपुग आठ महिनाको बेलायत बसाइमा लामो समयदेखि थाँती रहेको गोरखाहरुको समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच (जीटूजी)वार्ता गराउन उल्लेख्य भूमिका खेलेका थिए । तर त्यो वार्ता शुरु हुन नपाउँदै उनी नेपाल फर्किएका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण