लण्डन । बेलायतको स्वास्थ्य सेवा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन् चाँडो फैलिने निश्कर्ष निकालेको छ ।
सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निश्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरुको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरुले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरुको निश्कर्ष छ ।
बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । तीमध्ये डेल्टा भेरिअन्टबाट सङ्क्रमितहरु नै धेरै रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले डेल्टा प्लस भेरियन्ट व्यापक रूपमा फैलिन सक्ने तर अहिले उपलब्ध खोपहरूले नै काम गर्न सक्ने जनाएका छन् ।
स्वास्थ्य अधिकारीहरुले दिएकोे विवरणअनुसार विश्वमा कोरोनाभाइरसका हजारौँ भेरिअन्टहरू अहिले फैलिरहेका छन् । भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखा पर्नुलाई आश्चर्यजनक रुपमा लिनु नपर्ने उनीहरुको भनाइ छ । अमेरिकामा पनि डेल्टा प्लस भेरिअन्टका कारण धेरै मानिस सङ्क्रमित भएको पाइएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी डेनमार्कमा पनि यो भेरिअन्ट देखिएको छ, तर सङ्क्रमितहरुको सङ्ख्या भने काम देखिँदै गएकाले धेरै चिन्ता लिनुपर्ने अवस्था छैन यद्यपि उच्च सतर्कता अपनाइरहनुपर्नेतर्फ भने अधिकारीहरुले जोड दिएका छन् । कोरोनाभाइरसले आफ्नो रुप फेर्दै फैलिँदै गरेकाले कतिपय देशहरुले आफ्नो देशका बासिन्दालाई खोपको अतिरिक्त मात्रासमेत दिन थालेका छन् ।
साथै मास्क लगाउने, सेनिटाइजर वा साबुन पानीको प्रयोग गर्ने, सम्भव भएसम्म सामाजिक दुरी कायम गर्नेलगायतका उच्च सतर्कता भने अपनाउनुपर्नेमा सबैले जोड दिने गरेका छन् । त्यसैगरी कोठाका झ्यालढोका खुला राख्न, कुनै लक्षण देखिए पीसीआर परीक्षण गर्न र नेगेटिभ नतिजा नआउन्जेल एक्लै बस्न पनि उनीहरुले आह्वान गर्ने गरेका छन् ।
कोरोनाभाइरसले रुप फेर्दै जाँदा अहिले प्रयोग हुँदै र प्रभावकारी हुँदै आएका खोपहरुले पनि काम नगर्ने अवस्था पनि आउन सक्नेतर्फ विज्ञहरुले सतर्क गराएका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न