लण्डन । बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदमाथि आफ्नै कार्यालयमा छुरा प्रहार गरी हत्या गरिएको छ ।
साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो । दिउँसो करिब १२ बजेर ५ मिनेट जाँदा एक पुरुषले उनीमाथि अन्धाधुन्ध छुरा हानेको बताइएको छ ।
घटनामा संलग्न २५ वर्षीय युवकलाई एसेक्स प्रहरीले पक्राउ गरेको र घटनास्थलबाट छुरा बरामद गरिएको बीबीसीले बताएको छ ।
पार्टीका पूर्व नेता सर इयान डंकन स्मिथ, लेबोर नेता सर कियर स्ट्यामर र पूर्व प्रधानमन्त्री डेभिड क्यामरोन ले सांसद अमिसको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
६९ वर्षीय सांसदलाई घटनास्थलमै उपचार गरिएको र एयर एम्बुलेन्स पनि उनलाई लिन पुगेको स्थानीयबासीलाई उद्धृत गर्दै स्काइ न्यूले बताएको थियो । उनको घटनास्थलमै निधन भएको बीबीसीले जनाएको छ ।
सर अमिस सन् १९८३ देखि सांसद थिए । उनी वर्तमान निर्वाचन क्षेत्रबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।
बेलायतमा यसअघि सन् २०१६ मा लेबोर पार्टीका सांसद जो कक्सको हत्या भएको थियो ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता