काठमाडौं। स्वाइन फ्लु भएर अस्पताल भर्ना गरिएका नेकपा एमालेका पोलिटब्युरो सदस्य रामनाथ ढकालको निधन भएको छ। काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा उपचारकै क्रममा आइतबार ढकालको निधन भएको एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए। स्वाइन फ्लु भएको आशंकामा गाडी चलाएर आफै अस्पताल पुगेका ढकालको आइसियुमा उपचार हुँदै आएको थियो।
शरीरमा प्लेटलेटको कमीले ढकालको स्वास्थ्य झनै जटिल बनाएको थियो। ढकाललाई प्रारम्भिक चरणको बोनम्यारोको क्यान्सर समेत थियो। विद्यार्थी राजनीतिबाट पार्टीमा आएका ढकाल पहिलो संविधानसभामा राज्य व्यवस्था समितिका सभापति बनेका थिए। उनी अनेरास्ववियुका पूर्व अध्यक्ष समेत हुन्।
२०१९ साल पुस ५ गते गुल्मीको खड्गकोट गाबिसमा ढकालको जन्म भएको थियो। आफ्नो वरिपरि राजनैतिक वातावरण रहेकाले ढकाल क्रमशः राजनीतितर्फ होमिएका थिए। २०३६ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका ढकाल २०५० सालमा अनेरास्ववियु अध्यक्ष बने। २०४४ सालमा पहिलो पटक पक्राउ परेका ढकालले तीन पटक गरी डेढ वर्ष जेल जीवन बिताएका छन् । पार्टी केन्द्रीय विभाग सचिव, अञ्चल सचिव र लुम्बिनी अञ्चल इन्चार्ज रहिसकेका ढकाल हाल एमाले केन्द्रीय कमिटीका पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इन्चार्ज थिए। त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक ढकालका एक छोरा, एक छोरी छन् ।
२०५१ सालको आमनिर्वाचनमा गुल्मी क्षेत्र नं. १ बाट विजयी ढकाल २०५६ को संसदीय निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र ५ बाट विजयी भएका ढकाल दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रका उम्मेदवार बनेका थिए।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण