लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौँ महाधिवेसन अनिश्चितकालका लागि स्थगित भएको छ ।
सम्मेलन शुरु हुनु १२ दिन अघि संघका प्रवक्ता डिबी क्षेत्रीले आज एक विज्ञप्ति जारी गर्दै यही अक्टोबर २३ देखि २५ सम्म हुने भनिएको दशौँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र विश्व सम्मेलन स्थगित भएको जनाएका छन् ।
उनले परराष्ट्र मन्त्रालयको निर्देशनका कारण महाधिवेसन स्थगित गर्नुपरेको बताए । छिट्टै कानुन व्यवसायीहरु र सम्बन्धित पक्षहरुसित छलफल गरी महाधिवेसनको नयाँ मिति तोक्ने पनि विज्ञप्तिमा उल्लेख छ । वीनेपालीसितको वार्तामा भने उनले नयाँ महाधिवेसनको मिति करिब छ महिनापछि हुनसक्ने बताए ।
संघको आइतबार बसेको अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकले महाधिवेसन सार्ने निर्णय गरेको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण