लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ ।
शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।
त्यस अवसरमा राजदूत लोकदर्शन रेग्मीले पत्रकार महासंघ यूके शाखाका अध्यक्ष अर्यालसँगै उपाध्यक्षद्वय प्रमिला लाबुङ राई र शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवद्वय मञ्जु भण्डारी र खेमराज रानाभाट, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम र सदस्यहरु नगेन्द्र नेम्वाङ, मिलन तमु गुरुङ र बम थापा सूर्यवंशीलाई खादा ओढाएर सम्मान गरे । सोही अवसरमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, संस्थापक सल्लाहकार भगिरथ योगी, सल्लाहकार कुशल श्रेष्ठ र केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला पनि सम्मानित भए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रेग्मीले पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवम् सफलताको शुभकामना दिए । पत्रकार महासंघ यूके एवम् यहाँस्थित नेपाली पत्रकारहरुबाट दूतावासलाई रचनात्मक सहयोग मिलिरहेको भन्दै उनले खुशी व्यक्त गरे ।
मिडियाको आलोचनात्मक प्रस्तुतिलाई स्वभाविक मान्नुपर्ने तर सकारात्मक पक्ष र उपलब्धिहरुबारे पनि समाचारहरु बन्नुपर्ने भन्दै राजदूत रेग्मीले भने, ‘बेलायतमा रहेका पत्रकार साथीहरुले दुवै खालका भूमिका निभाइरहेको मैले पाएँ, जुन साँच्चिकै सकारात्मक र तारिफयोग्य छ ।’
पत्रकारिताका क्रममा ‘नेपाल र नेपाली’लाई सदैव केन्द्रमा राखेर काम गर्न उनले सुझाव पनि दिए ।
दूतावासकी नियोग उपप्रमुख एवम् प्रवक्ता रोशन खनालले नेपाल पत्रकार महासंघ यूकेको नयाँ कार्यसमितिको पालामा पनि दूतावाससँगको सहकार्य निरन्तर रहने आशा व्यक्त गरिन् । बेलायतस्थित नेपाली मिडियाले दूतावास र समुदायलाई जोड्ने कार्य गरिरहेको भन्दै उनले प्रसंशा गरिन् ।
पत्रकार महासंघ यूके शाखाका अध्यक्ष ध्रुवराज अर्यालले दूतावासबाट प्राप्त स्वागत र सम्मानले आफूहरुमा उत्साह र हौसला बढाएको भन्दै आभार प्रकट गरे ।
दूतावास र पत्रकार महासंघ यूकेबीच विगतमा निकट सहकार्य रहँदै आएको स्मरण गर्दै उनले भने, ‘भविष्यमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाओस् भन्ने हामी चाहन्छौं । हामीसँग रहेको मिडिया प्लेटफर्म र माध्यमहरुको अधिकतम सदुपयोग गर्न हामी दूतावासलाई आव्हान गर्दछौं ।’
त्यस अवसरमा पत्रकार महासंघ यूकेका संस्थापक सल्लाहकार भगिरथ योगी र पूर्व अध्यक्ष चिरन शर्माले पनि शुभकामना मन्तव्य राख्दै दूतावास र पत्रकार महासंघ यूकेबीच रहँदै आएको सहकार्य निरन्तर र थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।
सोही अवसरमा पत्रकार महासंघ यूकेका तर्फबाट राजदूत रेग्मीलाई बिदाइ गर्दै खादा र पुष्पगुच्छा प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन लन्डन दूतावासका द्वितीय सचिव रामबाबु नेपालले गरेका थिए । कार्यक्रममा दूतावासका सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार एवम् सहचारीद्वय गजेन्द्र राई र पूजन पाण्डे लगायतका कर्मचारीहरुको पनि सहभागिता थियो ।
तस्वीरहरु मिलन तमु र शिव भण्डारी
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा