काठमाडौँ। नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्धन गर्ने उद्देश्यले पेरिस सम्झौताको भावनाअनुसार कार्बन उत्सर्जन घटाएर हरित र दिगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्यको प्रयास भएको छ ।
बेलायतको संयोजनमा आगामी नोभेम्बर १ देखि १२ सम्म स्कटल्याण्डको ग्लास्गो शहरमा आयोजना हुने राष्ट्रसङ्घीय जलवायु सम्मेलनको पूर्वतयारी स्वरूप उक्त छलफल आयोजना गरिएको हो ।
लगानी बोर्डको कार्यालय, बेलायतस्थित नेपाली राजदूतावास र बेलायत सरकारको अन्तर्राष्ट्रिय व्यापार विभागसँगकोे संयुक्त सहकार्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले नेपालको हरित पूर्वाधारमा लगानी गरी लाभान्वित हुन तथा सन् २०३० सम्ममा उच्चमध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्यमा सघाउन बेलायती लगानीकर्तालाई अनुरोध गर्नुभयो ।
लगानी प्रवर्धनका निम्ति नेपाल सरकारको तर्फबाट सम्पूर्ण सहयोग तथा सहजीकरण हुने प्रतिबद्धता व्यक्त गर्दै उहाँले नेपालमा उत्पादित स्वच्छ तथा नवीकरणीय ऊर्जाको निर्यातले छिमेकी मुलुकको कार्बनको भारसमेत कटौती गर्न सहयोग पुग्ने बताउनुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ऊर्जा क्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न नेपाल र बेलायतका लगानीकर्ताहरुलाई अपिल गर्दै सो क्षेत्रमा वैदेशिक एवं हरित लगानी आकर्षण तथा प्रवद्र्धन गर्न लगानी बोर्डको कार्यालय कटिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव राधा वाग्ले र लगानी बोर्डको कार्यालयका सि.डि.ई सागरराज गौतमले नेपालमा हरित लगानीको सम्भावना र क्षेत्रहरुको बारे जानकारी दिनुभएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण