लण्डन । बेलायतले अन्तर्राष्ट्रिय यात्रा नियममा शुक्रबार पुनरावलोकन गरेको छ।
जसअनुसार यसअघि कोभिडको संक्रमण दर हेरी हरियो, पहेँलो र रातो सूचीमा विभिन्न मुलुकलाई विभाजन गर्ने गरिएकोमा अब हरियो र पहेँलोलाई हटाइ रातो मात्र कायम गरिएको छ । साथै रातो सूचीबाहेकका मुलुकबाट बेलायत आउँदा दुवै डोज खोप लगाएकाहरुले अक्टोबर ४ देखि पीसीआर टेष्ट गर्न पर्ने छैन ।
यो नियम अक्टोबर ४ देखि लागू हुने बताइएको छ । बेलायतका यातायात मन्त्री ग्रान्ट शापले नयाँ नियम नयाँ वर्षसम्म कायम रहने बताएका छन् ।
सरकारले विभिन्न आठ वटा मुलुकलाई सेप्टेम्बर २२ बिहान ४ बजेदेखि रातो सूचीबाट हटाउने पनि निर्णय गरेको छ । जसमा बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, टर्की, ओमान र केन्या रहेका छन् । दक्षिण एसियाका चारवटा देश रातो सूचीबाट हट्दा पनि नेपाल भने अझै रातो सूचीमा रहेको छ । भारत यसअघि नै रातो सूचीबाट हटिसकेको छ भने अब दक्षिण एसियाली मुलुकहरुमा नेपाल र अफगानिस्तान मात्र रातो सूचीमा छन् ।
रातो सूचीमा परेका मुलुकहरुबाट बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएकाले मात्र बेलायत आउन पाउँछन् । उनीहरुले बेलायतमा आएपछि १० दिन होटल क्वारेन्टाइनमा बस्न पर्ने हुन्छ । सो वापतको शुल्क पनि चर्को छ ।
बेलायतले हरेक तीन सातामा अन्तर्राष्ट्रिय यात्राको नियम पुनरावलोकन गर्ने गरेको छ ।अब नेपाल रातो सूचीबाट हट्ने नहट्ने तीन साता पर्खेपछि मात्र थाहा हुनेछ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण