लण्डन । जाडो याममा कोरोनाभाइरसबाट बच्नका लागि बेलायतमा कोरोना भाइरसविरुद्ध अतिरिक्त खोप दिन शुरु गरिएको छ ।
बेलायत सरकारका खोप सल्लाहकारहरुले अतिरिक्त खोप लगाउन गत साता सल्लाह दिएसँगै विहीबारबाट सो खोपको अतिरिक्त मात्रा दिन शुरु गरिएको हाे । लण्डनको क्रोयडन युनिभर्सिटी अस्पतालमा कार्यरत क्याथरिन कारगिल सो खोप लगाउने पहिलो व्यक्ति बनेकी छिन् ।
प्रसुति सहायक कारगिल सो खोपले आफूलाई काम गर्न, पढ्न र परिवारसित समय बिताउन मद्दत गर्ने अपेक्षा गरेकी छिन् । ”जाडो याम आउन लाग्दा मैले यो खोप लगाएर सुरक्षित महसुस गरेको छु र अरुलाई पनि अतिरिक्त खोप दिन बोलाइएको बखत लगाउन हुन अनुरोध गर्दछु” उनले भनिन् ।
सरकारले इङल्याण्ड र वेल्समा विहीबारदेखि अतिरिक्त खोप दिन शुरु गरेको छ ।
करिब ३ करोड मानिसहरुलाई सो अतिरिक्त डोज दिने सरकारको योजना छ । यसरी अतिरिक्त डोज पाउनेहरुमा स्वास्थ्य सेवाका कर्मचारीहरु, ५० वर्ष नाघेका मानिसहरु र कोभिडबाट जोखिममा रहेका ५० वर्षमुनीका मानिसहरु रहेका छन् ।
यसरी दिइने अतिरिक्त डोज खोपमा धेरैजसो फाइजर एण्ड बायोनटेकको खोप रहेको छ र केही खोप मोडर्नाको हुने बताइएको छ ।
स्कटल्याण्डमा भने सोमबारदेखि अतिरिक्त खोप दिइने प्रथम मन्त्री निकोला स्टरजेनले बताएको छिन् । उता उत्तरी आयरल्याण्डमा भने यो महिनाको अन्त्यबाट खोप दिन शुरु गरिने अपेक्षा गरिएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जावेदले सरकारको जाडो याममा कोभिड १९ नियन्त्रण गर्ने योजना अनुसार अतिरिक्त खोप दिन लागिएको बताएका छन् ।
कोभिड १९ विरुद्ध दिइएको खोपले विकास गरेको रोग प्रतिरोध क्षमता समय बित्दै जाँदा घट्दै जाने भएकाले अतिरिक्त डोज दिन परेको बताइएको छ । अहिले इङल्याण्ड र वेल्सका अस्पतालहरुले कर्मचारी र बिरामीहरुलाई सो खोप दिन शुरु गरेका छन् भने अब बिस्तारै जीपीहरुले पनि अतिरिक्त डोज दिन शुरु गर्ने बताइएको छ ।
अर्को सातादेखि फार्मेसीहरु र खोप केन्द्रहरुमा पनि अतिरिक्त डोज खोप दिन शुरु गरिने योजना छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण