काठमाडौं। करिब चार वर्षपछि स्वदेश फर्केका पूर्व युवराज पारस शाहले निर्मल निवासमा बास पाएनन् । पारस बिहीबार थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल उत्रिएका थिए। विमानस्थलबाटै उनी निर्मल निवास जान परिवारबाट अनुमति नपाएपछि धुम्बाराहीको कुन्डलिनी हेल्थक्लब पुगे । थाइल्यान्ड बसाइका अधिकांश समय जेल र सुधारगृहमा बिताएर केही सहयोगीसहित फर्किएका उनको स्वागत गर्न विमानस्थलमा केही समर्थक मात्रै पुगेका थिए । 
राजपरिवारका सदस्य उनको स्वागतमा थिएनन् । विमानस्थलमा उत्रिएलगत्तै कुन्डलिनी हेल्थक्लब जाने सन्देश आएपछि उनी केही सहयोगीसहित त्यता लागेका थिए। थाइल्यान्ड हुँदा त्यही एक महिलालाई पारसले प्रेमिका बनाएको सञ्चार माध्यमहरुमा आएको थियो।
काका धीरेन्द्र शाहले खोलेको कुन्डलिनी क्लब अहिले जगत गौचनले सम्हाल्दै आएका छन् । धुम्बाराही चप्पल कारखानानजिक रहेको कुन्डलिनी पुनर्निर्माणका लागि भत्काइएकाले पारस नजिकैको धीरेन्द्रकी छोरी बस्दै आएको घरमा बसेका छन्। पारससँग थाइल्यान्ड र नेपालका केही सहयोगी छन् ।
थाइल्यान्डमा हुँदा सार्वजनिक भएको तस्बिरको तुलनामा केही मोटो र फ्रेस देखिएका पारस बा३च ५४०६ नम्बरको कार चढेर विमानस्थलबाट निर्मलनिवास पुगेका थिए । गणतन्त्र घोषणासँगै ज्ञानेन्द्र परिवारले नारायणहिटी छाडेपछि निर्मलनिवास पारसको भागमा परेको थियो भने ज्ञानेन्द्र रानीवनमा बस्दै आएका थिए । २०६७ भदौ ११ मा सिंगापुर हुँदै थाइल्यान्ड पुगेका पारस पटकपटक लागुऔषधसहित पक्राउ पर्दै छुट्दै आएका थिए ।
यसैबीच, संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित विभिन्न नेताहरुले पूर्वयुवराज स्वदेश फर्किएकोमा स्वागत गरेका छन्।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान