काठमाडौं। न्यायालयमा भ्रष्टाचारको विषयमा सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनबीच विवाद चर्किने देखिएको छ। बारले प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको निजी सचिवालयलाई न्यायालयमा भ्रष्टाचार भएको प्रमाण उपलब्ध नगराउने जवाफ दिएको छ ।
बारले बिहीबार सचिवालयलाई पत्र पठाउँदै संसद र न्यायपरिषदबाट बनाइएको विश्वसनीय समितिलाई मात्र त्यस्तो प्रमाण उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।
पत्रमा यस्तो समिति गठन गरी वर्तमान प्रधानन्यायाधीश साहकै कार्यकालमा सक्रिय गराउन आग्रह गर्दै त्यस्तो समितिले माग गरे प्रमाण उपलब्ध गराउन सकिने पनि प्रस्ट पारेको छ ।
चैत ७ मा सम्पन्न बार सम्मेलनको चितवन घोषणापत्रमा न्यायालयमा भ्रष्टाचार व्याप्त रहेको उल्लेख गरिएपछि सर्वोच्च प्रशासनले बारलाई त्यसको प्रमाणसहित विवरण उपलब्ध गराउन लिखित आग्रह गरेको थियो ।
छानबिन प्रयोजनका लागि भन्दै प्रमाणसहित विवरण उपलब्ध गराउन पत्र लेखेपछि बारले सल्लाहकार बैठक राखेर लिखित जवाफ तयार पारेको थियो ।
‘अदालतमा रहेको भ्रष्टाचार धमिरा भएको र त्यसले बिस्तारै नष्ट गर्दै लैजाने भएकाले तत्काल कदम चाल्न आवश्यक भएकाले बारको सम्मेलनमार्फत उक्त कुरा उठाएको’ पत्रमा उल्लेख छ ।
विभिन्न सञ्चार माध्यमले समेत अदालतमा भइरहेको अनियमितताबारे समाचार प्रकाशन–प्रसारण गरेको र त्यसलाई मध्यनजर गर्दै नियन्त्रण प्रयास नभएकाले बारले औपचारिक रुपमा यस्तो विषयमा कारबाही हुनुपर्ने आवाज उठाएको जवाफमा उल्लेख छ ।
६ पृष्ठमा दिइएको जवाफमा प्रधानन्यायाधीश साहले संसदीय सुनुवाइ समितिमा समेत न्यायालयमा भ्रष्टाचार रहेको स्वीकार गरिसकेको हुँदा थप प्रमाण दिन आवश्यक नरहेको जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते