लण्डन । पूर्व गोरखा सैनिक महादेव थापामगर आफू ६० वर्ष पुगेको अवसरमा ६० पटक साउथ वेल्सको सबैभन्दा अग्लो पहाड ६० पटक चढेर वेल्स एम्बुलेन्स र नेपालको स्कुलका लागि सहयोग जुटाउँदै छन् ।
सेप्टेम्बर २२ मा ६० वर्ष पुग्न लागेका थापाले अगष्ट ९ देखि सेप्टेम्बर २२ सम्ममा ६० पटक पेनी फ्यान पहाड चढ्ने योजना बनाएका छन् । यसबाट संकलित सहयोग वेल्स एम्बुलेन्स र तनहुँ यान्चोकको सनराइज प्राइमरी स्कुललाई प्रदान गरिने बताइएको छ ।
पेनी फ्यान वेल्समा पर्यटकहरुका लागि लोकप्रिय पहाड मानिन्छ । ८८६ मिटर अग्लो सो पहाड दक्षिणी वेल्सको सबैभन्दा अग्लो पहाड पनि हो ।
थापा परिवारको चार पुस्ता गोरखा सैन्यमा कार्यरत छ । उनको हजुरबुबाले बेलायती सेनाबाट अवकास पाएपछि सन् १९५५ मा यान्चोकमा स्कुल खोलेका थिए । सो स्कुल अहिले शिक्षकको व्यवस्था गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेकाले सहयोग उठाउनु परेको महादेवको भनाइ छ । यदि सो स्कुल बन्द भएमा स्थानीय बालबालिकाले अध्ययनका लागि टाढा जानु पर्नेछ ।
महादेवका बुबाले पनि बेलायती सेनामा काम गरे भने महादेवले पनि गोरखा इन्जिनियर्समा १५ वर्ष सेवा गरे । महादेवका छोरा पनि अहिले गोरखा सैन्यमा कार्यरत छन् ।
महादेव सन् २००७ देखि ब्रेकन वेल्समा बसोबास गर्दै आएका छन् । उनी सन् २००८ देखि स्थानीय पोवीस काउन्टी काउन्सिलमा कार्यरत छन् ।
सामाजिक कार्यमा सक्रिय उनी मगर संघ वेल्सका अध्यक्ष पनि हुन् ।
ब्रेकनका मेयर जोन पावेल पनि महादेवको अभियानलाई सहयोग गर्न पेनी फ्यान पुगिसकेका छन् । उनले भने, ‘महादेवले हाम्रो समुदायलाई धेरै मद्दत गरेका छन् र उनलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’
महादेवलाई सहयोग गर्न निम्न लिङ्कमा क्लीक गर्नुहोस् https://www.justgiving.com/fundraising/mahadev-thapa वा नाटवेट बैँकमा ग्वेनेथ इभान्सलाई सम्पर्क गरी sort code 51-81-27 र account number 86726692 उल्लेख गरी सहयोग गर्न सकिनेछ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न