लण्डन । पूर्व गोरखा सैनिक महादेव थापामगर आफू ६० वर्ष पुगेको अवसरमा ६० पटक साउथ वेल्सको सबैभन्दा अग्लो पहाड ६० पटक चढेर वेल्स एम्बुलेन्स र नेपालको स्कुलका लागि सहयोग जुटाउँदै छन् ।
सेप्टेम्बर २२ मा ६० वर्ष पुग्न लागेका थापाले अगष्ट ९ देखि सेप्टेम्बर २२ सम्ममा ६० पटक पेनी फ्यान पहाड चढ्ने योजना बनाएका छन् । यसबाट संकलित सहयोग वेल्स एम्बुलेन्स र तनहुँ यान्चोकको सनराइज प्राइमरी स्कुललाई प्रदान गरिने बताइएको छ ।
पेनी फ्यान वेल्समा पर्यटकहरुका लागि लोकप्रिय पहाड मानिन्छ । ८८६ मिटर अग्लो सो पहाड दक्षिणी वेल्सको सबैभन्दा अग्लो पहाड पनि हो ।
थापा परिवारको चार पुस्ता गोरखा सैन्यमा कार्यरत छ । उनको हजुरबुबाले बेलायती सेनाबाट अवकास पाएपछि सन् १९५५ मा यान्चोकमा स्कुल खोलेका थिए । सो स्कुल अहिले शिक्षकको व्यवस्था गर्न नसक्दा बन्द हुने अवस्थामा पुगेकाले सहयोग उठाउनु परेको महादेवको भनाइ छ । यदि सो स्कुल बन्द भएमा स्थानीय बालबालिकाले अध्ययनका लागि टाढा जानु पर्नेछ ।
महादेवका बुबाले पनि बेलायती सेनामा काम गरे भने महादेवले पनि गोरखा इन्जिनियर्समा १५ वर्ष सेवा गरे । महादेवका छोरा पनि अहिले गोरखा सैन्यमा कार्यरत छन् ।
महादेव सन् २००७ देखि ब्रेकन वेल्समा बसोबास गर्दै आएका छन् । उनी सन् २००८ देखि स्थानीय पोवीस काउन्टी काउन्सिलमा कार्यरत छन् ।
सामाजिक कार्यमा सक्रिय उनी मगर संघ वेल्सका अध्यक्ष पनि हुन् ।
ब्रेकनका मेयर जोन पावेल पनि महादेवको अभियानलाई सहयोग गर्न पेनी फ्यान पुगिसकेका छन् । उनले भने, ‘महादेवले हाम्रो समुदायलाई धेरै मद्दत गरेका छन् र उनलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’
महादेवलाई सहयोग गर्न निम्न लिङ्कमा क्लीक गर्नुहोस् https://www.justgiving.com/fundraising/mahadev-thapa वा नाटवेट बैँकमा ग्वेनेथ इभान्सलाई सम्पर्क गरी sort code 51-81-27 र account number 86726692 उल्लेख गरी सहयोग गर्न सकिनेछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा