लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्या समाधानका लागि नेपाल र बेलायतका सरकारी वार्ता टोलीबीच हुने वार्तामा एक भएर प्रस्तुत हुन गोरखा भूतपूर्व सैनिकहरु सहमत भएका छन् ।
सधैँ एकआपसमा आलोचनामा उत्रिरहने गोरखा भूतपूर्व सैनिक संस्थाका नेताहरु बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीको पहलमा एकतावद्ध हुन मञ्जुर भएका हुन् ।
उनीहरुबीच विगतमा जे भयो त्यसलाई बिर्सेर अब हुने वार्तामा संयुक्त आवाज उठाउने सहमति भएको हो ।
नेपाल र बेलायत सरकारबीच गोरखाहरु समेतको सहभागितामा डिसेम्बरमा वार्ता हुँदैछ ।
यही सेप्टेम्बर ३ तारिखका दिन दुताबासमा राजदुत रेग्मी समेतको उपस्थितिमा गोरखा संस्थाका नेतृत्वबीच छलफल भएको थियो । करिब ६ घण्टा चलेको छलफलमा शुरुमा गोरखाहरु आ-आफ्नै अडानमा रहे पनि दुई देशबीच गोरखाहरुको समस्याका बारेमा वार्ता हुने भएपछि त्यसले गोरखाहरुमाथिको अन्याय र भेदभाव अन्त्य गर्नका लागि नयाँ अवसर सृजना गरेकाले कोही कतै दायाँ बायाँ नबनी एकै श्वर बनाउन उनीहरु राजी भएका थिए ।
सो छलफलमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति, गोरखा भूतपूर्व सैनिक संघ (गेसो), ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस), नेपाल भूतपूर्व सैनिक संघ (नेसा), युबीजीएन लगायतका संस्थाका नेतृत्व उपस्थित थिए ।
सोही सहमतिबमोजिम हिजो बेलायती रक्षामन्त्रीसितको बैठकमा गोरखाहरु प्रस्तुत भएका थिए । सो बैठकपछि पनि गोरखा संस्थाका प्रतिनिधिहरुबीच दुताबासमै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा