काठमाडौं। महिनौंदेखि एक किशोरीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको आरोपमा महोत्तरी प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर हरिणमरी गाविस–५ बस्ने ५५ वर्षीय भोगेन्द्र चौधरी रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । 
पक्राउ परेका चौधरीले गत भदौ महिनादेखि नै बारा जिल्ला घर भएका १५ वर्षीया एक किशोरीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको पीडित युवतीले आरोप लगाएकी छिन् ।बारा जिल्ला घर भएकी ती किसोरी बुबा, आमासहित स–परिवार भारतको पञ्जाबमा बस्दै आएकी थिइन् । पक्राउ परेका चौधरीका ६० वर्षीय दाजु रामबहादुर चौधरीले गत जेठ महिनामा ती किशोरीलाई ललाइफकाई नेपालको महोत्तरीको हरिहरपुर हरिणमरी आफ्नो घरमा ल्याएर बन्धक बनाई यौन शोषण गर्दै आएका थिए ।
गत भदौ महिनामा दाजु रामबहादुर अचानक ती किशोरीलाई भाइको भोगेन्द्रको घरमा छाडी गायब भएपछि गत भदौदेखि भाइ भोगेन्द्रले युवतीलाई यौन शोषण गर्दै आएका थिए ।यसैबीच, भारतको पञ्जाबबाट छोरीको खोजबिन गर्दै युवतीको आमा महोत्तरी आइपुगेकी हुन् र उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएको जाहेरीको आधारमा आज खटिगएको प्रहरीको विशेष टोलीले भोगेन्द्रलाई ती किशोरीलाई बन्धक बनाई घरमा राखेकै अवस्थामा पक्राउ गरेको हो। प्रहरीले पीडित किशोरीलाई स्वास्थ्य जाँच गराउन जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ। पीडक चौधरीलाई जिप्रका महोत्तरीमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको छ। पीडकका दाजु रामबहादुर चौधरीको खोजीमा प्रहरी परिचालन गरिसकिएको जिप्रका महोत्तरीले जनाएको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान