काठमाडौं। भारतको मुम्बइमा नेपाली युवती खरिद गरेर बेश्यावृत्तिमा लगाउने एक महिला अदालत फैसलाको १६ वर्षपछि काठमाडौंको बौद्धबाट पक्राउ परेकी छिन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतमा कोठी सञ्चालन गरेकी सरस्वती लामालाई बुधबार पक्राउ गरेको हो।
नेपालबाट लगिएका चेलीहरुलाई खरिद गरेर केही समय वेश्यावृत्तिमा लगाएर लामाले अर्को वेश्यालयलाई बेच्दै आएकी थिइन्।
भारतको वेश्यालयमा बेचिएको नेपाली युवतीहरु भारतीय प्रहरीले उद्दार गरेर नेपाल फर्काएपछि दलालहरु कृष्ण परियार र रमेश रामसँग लामाविरुद्ध २०५३ सालमा काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो। २०५५ बैशाख २७ गते अदालतले लामालाई दस वर्ष जेल सजाय सुनाएको थियो।
भारतमै त्यस समयमा रहँदै आएको लामाको जेल सजाय भुक्तानी बाँकी थियो। पछि उनी नेपाल आइन तर गुपचुप रुपमा बस्दै आएकी थिइन्। लामा ६० वर्षकी छिन्।
भारतका विभिन्न शहरमा हजारौंको संख्यामा बेचिएका युवतीहरु छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते