लण्डन । बेलायतमा नेपाली समुदायको अत्यधिक बसोबास रहेको रसमुर बोरो काउन्सिलले स्थानीय सँस्कृतिलाई उत्सवका रुपमा मनाउन नेपाली समुदायको कथा समेटिएको तस्वीर प्रदर्शन गर्ने भएको छ ।
‘वियोण्ड द लेन्स’ नाम दिइएको सो परियोजनाअन्तर्गत सो काउन्सिलमा बसोबासरत नेपाली समुदायका सदस्यहरुको व्यक्तिगत कथा तस्वीरमार्फत देखाइनेछ । काउन्सिलले यसका लागि स्थानीय फोटोग्राफर सौन ज्याक्सनलाई जिम्मा दिएको छ । ज्याक्सनले नपालीहरुको इतिहास, साँस्कृतिक परम्परा, कथा, सोचाइ र योजनालाई तस्वीरमा उतार्नेछन् ।
ती तस्वीरहरुलाई अल्डरसटको युनियन स्ट्रीटमा सार्वजनिक प्रदर्शनीका लागि सेप्टेम्बर १५ देखि राखिने छ ।
रसमुर काउन्सिलकी काउन्सिलर मारिना मुनरोले भनिन्, ”नेपाली समुदायलाई यस परियोजनामा सहयोग गर्न आह्वान गर्दछु ताकि उनीहरुको सँस्कृति र परम्पराका बारेमा केही अभिलेख राख्न सकियोस् ।”
फोटोग्राफर ज्याक्सनले काउन्सिलले आफूलाई नियुक्त गरेपछि नेपाली बासिन्दा, व्यापारीहरु, स्थानीय संघसंस्थाहरुसित मिलेर तस्वीरका साथै इतिहास, साँस्कृतिक परम्परा र कथा संकलन गरिरहेको वीनेपालीसित बताए । सो योजनामा ६० जना मानिसहरुले भाग लिएको र त्यसमध्ये २१ वटा तस्वीर प्रदर्शनीमा राखिने उनले जानकारी दिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न