बेलायतमा हरेक वर्ष हुने गरेको नेपाली मेला आइतबार केम्टन पार्क रेसकोर्समा मनाइएको छ ।
तमुधिं समाज यूकेको आयोजना र लण्डनस्थित नेपाली राजदुतावासको सहयोगमा मनाइएको हो ।
नेपालको सभ्यता, भाषा,भेषभूषा संस्कृति झल्काउने खालका कार्यक्रमहरू भैरहेका छन् ।
नेपालीपन झल्किने झाँकी नृत्य आयोजना गरिएको छ भने नेपाली चाडपर्वमा प्रयोग हुने सामानका स्टलहरू राखिएको छ ।
झांकी नाचका लागि विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरु पनि संचालन भैरहेका छन् र जित्नेलाई पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक समितिले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राजदुत लोकदर्शन रेग्मीले मेलामा प्रदर्शन भएका वस्तुले बेलायत र नेपाल दुबै देशको साझा संस्कार झल्काइरहेको बताए । उनले यसले नेपाललाई मात्रै फाइदा नगरी दुई देश विचको व्यापारमा समेत सघाउने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै तमुधिं समाज युकेका अध्यक्ष हितकाजी गुरुङले नेपाली मेला तमुधिं युकेको मात्र नभई युकेबासी सम्पूर्ण नेपालीवासीको साझा उत्सव रहेको बताए । ‘ नेपाल चार जात छत्तीस वर्णको देशको कला संस्कृति हामीले मात्रै थाहा पाएर हुँदैन,बेलायतमा जन्मे हुर्केका सन्ततिले पनि बुझ्नुपर्छ भनेर यो मेला मनाउँदै आएका छौँ ,’ उनले भने,’ विदेशमा जहाँ बसेपनी आफ्नो संस्कृति र सभ्यता भुल्नु हुँदैन भन्ने पनि हामीले चाहेको हो ।’
मेला हेर्नका लागि सयौं नेपालीहरू भेला भएका छन् । सहभागीहरू आ आफ्नो संस्कृति झल्किने पहिरनमा उनीहरूले सजिएका छन् ।
शब्द/तस्बीर: फातिमा बानु
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न