लण्डन । बेलायतले बीस वर्षपछि अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लगेको छ । यसका साथै अफगानिस्तानबाट आफ्ना नागरिक उद्धार गर्ने कार्यलाई पनि समापन गरेको छ ।
अगष्ट १५ मा तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएसँगै बेलायतले अफगानिस्तानबाट आफ्ना नागरिक तथा बेलायती सैनिकलाई सहयोग गर्ने अफगान नागरिकहरुलाई उद्धार कार्यलाई तीव्र बनाएको थियो ।
सो क्रममा करिब १५ हजार मानिसलाई उद्धार गरिएको बताइएको छ । जसमा ५ हजार बेलायती नागरिक र उनका परिवार, ८ हजार अफगान नागरिक र २ हजार २०० बालबालिका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायती सैनिकहरुलाई पत्र लेख्दै आफ्नो भूमिकाका लागि उनीहरुले गौरव गर्नुपर्ने बताएका छन् ।
सेप्टेम्बर ११ को आतंकवादी हमला पछि सन् २००१ मा बेलायती सैनिक अन्तर्राष्ट्रिय सैनिक टोलीसँग अफगानिस्तान प्रवेश गरेको थियो । २० वर्षको अवधिमा ४५७ जना बेलायती सैनिकको ज्यान गएको थियो ।
बेलायती रक्षा मन्त्री बेन बालिसले करिब १०० देखि १५० बेलायती नागरिक अझै अफगानिस्तानमा रहेको बताएका छन् । जसमध्ये केही स्वेच्छाले अफगानिस्तानमा रहेको उनको दाबी छ । यस्तै बेलायत सरकारले उद्धार गर्न बनाएको मापदण्डभित्र परेका करिब ८०० देखि ११०० अफगान नागरिक पनि अफगानिस्तानमा रहेको उनले बताए ।
बेलायतले अफगानिस्तानमा रहेको दुताबास पनि बन्द गरेको छ । अफगानिस्तानका लागि अन्तिम बेलायती राजदुत सर लाउरियर ब्रिष्टोले दुताबास बन्द गर्नु परे पनि बाँकी रहेका बेलायतीहरुलाई गर्नुपर्ने कर्तव्य पूरा गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सैन्य टोलीको नेतृत्व गरेको अमेरिकाले पनि अगष्ट ३१मा आफ्ना सैनिक फिर्ता लाँदैछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा