लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्या समाधानका लागि दुई देशबीच वार्ताको मिति तय हुनुपर्ने माग गर्दै १३ दिनदेखि लण्डनमा आमरण अनसनरत गोरखाहरुको अनसन तोडिएको छ ।
बेलायतका भेट्रान मिनिस्टरले बेलायती राजदुतलाई गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा डिसेम्बर महिनाभित्र वार्ता शुरु गर्ने पत्र पठाएपछि सो अनसन तोडिएको हो ।
गोरखाहरु अनसनरत स्थानमा बेलायतका भेट्रान मिनिस्टर लियो डोकोर्टी तथा बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख श्रीमती रोशन खनाल पुगी अनसन बसिरहेका ज्ञानराज राई, पुष्पा राना घले र धनबहादुर गुरुङलाई जुस खुवाई अनसन तोडिएको थियो ।
नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनालका अनुसार गोरखाहरुको समस्या समाधानका लागि प्राविधिक समितिले सन् २०१८ मा बुझाएको प्रतिवेदनका आधारमा दुई देशका सरकारी पक्ष र गोरखाहरुबीच वार्ता हुने छ । सो वार्ताको तयारीका लागि सेप्टेम्बर ८ मा नेपाली दुताबास लण्डनमा बैठक हुनेछ ।
गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूहरुको माग पूरा भएका कारण अनसन तोडेको बताए । उनले गोरखाहरुको माग पूरा गराउनका लागि प्रयास गरिदिएकोमा नेपाली दुताबास लण्डन, मिडियाकर्मीहरु, गोरखाहरु र सबैलाई धन्यवाद दिए ।
अनसनमा बसेकी पुष्पा राणा घलेले विजय मनाउने समय अझै आइनसकेको बताए । उनले आफूहरुको अनसन तोडिएको र अब वार्ताको ढोका खुलेको बताए ।
अनसनमा बसेका अर्का गोरखा ज्ञानराज राईले यो सबै नेपालीहरुको जित भएको हो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न