लण्डन । तालिवानले अफगानिस्तानलाई पूर्ण रुपमा नियन्त्रण लिएपछि ज्यानको जोखिम ठानेर देश छोडेका करिब २० हजार मानिसलाई बेलायतले बसोबासको अनुमति दिने भएको छ ।
बेलायतको गृह मन्त्रालयका अनुसार तालिवानका कारण असुरक्षा महसुस गरी देश छाडेका करिब ५ हजार जनालाई पहिलो वर्ष बेलायतमा स्थायी बसोबासको सुविधा दिइने छ । जसमा महिला, बालबालिका, तालिवानबाट मानवअधिकार हननको जोखिममा रहेका धार्मिक र अन्य अल्पसंख्यकहरुलाई प्राथमिकता दिइने छ ।
सरकारले स्थानीय काउन्सिलहरु लगायत अन्य निकायहरुसँग समन्वय गरी अफगान शरणार्थीहरुलाई बेलायतमा नयाँ घर बसाउन आवश्यक सहयोग गर्ने बताएको छ ।
बेलायतले यसअघि सिरिया संकटका कारण विस्थापित २० हजार शरणार्थीलााई बसोबास दिएको थियो ।
बेलायत सरकारको नयाँ योजना यसअघि नै घोषणा गरिएको अफगान रिलोकेसन एण्ड एसिस्टेन्स पोलिसी भन्दा फरक रहेको बताइएको छ । सो पोलिसीअन्तर्गत विगतमा बेलायतसित काम गरेका करिब ५ हजार स्थानीय अफगानहरुलाई बेलायतमा बसोबासको योजना बनाइएको थियो ।
अफगानिस्तानमा गत साता तालिवानले नियन्त्रण जमाएपछि असुरक्षा महसुस गरेर देश छाडेकाहरुलाई विश्वका विभिन्न देशले बसोबासको सुविधा दिने घोषणा गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा