लण्डन । तालिवानले अफगानिस्तानलाई पूर्ण रुपमा नियन्त्रण लिएपछि ज्यानको जोखिम ठानेर देश छोडेका करिब २० हजार मानिसलाई बेलायतले बसोबासको अनुमति दिने भएको छ ।
बेलायतको गृह मन्त्रालयका अनुसार तालिवानका कारण असुरक्षा महसुस गरी देश छाडेका करिब ५ हजार जनालाई पहिलो वर्ष बेलायतमा स्थायी बसोबासको सुविधा दिइने छ । जसमा महिला, बालबालिका, तालिवानबाट मानवअधिकार हननको जोखिममा रहेका धार्मिक र अन्य अल्पसंख्यकहरुलाई प्राथमिकता दिइने छ ।
सरकारले स्थानीय काउन्सिलहरु लगायत अन्य निकायहरुसँग समन्वय गरी अफगान शरणार्थीहरुलाई बेलायतमा नयाँ घर बसाउन आवश्यक सहयोग गर्ने बताएको छ ।
बेलायतले यसअघि सिरिया संकटका कारण विस्थापित २० हजार शरणार्थीलााई बसोबास दिएको थियो ।
बेलायत सरकारको नयाँ योजना यसअघि नै घोषणा गरिएको अफगान रिलोकेसन एण्ड एसिस्टेन्स पोलिसी भन्दा फरक रहेको बताइएको छ । सो पोलिसीअन्तर्गत विगतमा बेलायतसित काम गरेका करिब ५ हजार स्थानीय अफगानहरुलाई बेलायतमा बसोबासको योजना बनाइएको थियो ।
अफगानिस्तानमा गत साता तालिवानले नियन्त्रण जमाएपछि असुरक्षा महसुस गरेर देश छाडेकाहरुलाई विश्वका विभिन्न देशले बसोबासको सुविधा दिने घोषणा गरेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण