लण्डन । गोरखाहरुको समस्याबारे नेपाल तथा बेलायत सरकारबीच तत्काल वार्ताको माग राख्दै आमरण अनसनमा बसिरहेका धनबहादुर गुरुङ अचानक स्वास्थ्य समस्याका कारण स्थानीय अस्पतालमा उपचार गराई अनसनमा फर्केका छन् ।
बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै गुरुङले सोमबार बेलुकी उच्च रक्तचाप तथा मुटुको धडकन धीमा भइ पछि सेन्ट थोमस अस्पतालमा भर्ना भएको र उपचारपश्चात बिहान १ बजेर १० मिनेटमा अनसनमै फर्केको बताएका छन् । उनले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
पूर्व गोरखा सैनिक गुरुङ १२ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिट अघि आमरण अनसन बसिरहेका छन् । उनीसँगै ज्ञानराज राई र पुष्पा राणा घले पनि आमरण अनसनमा छन् ।
सोमबार बेलुका गुरुङको स्वास्थ्य बिग्रिएपछि अनसनस्थलमै एम्बुलेन्स बोलाइ उपचार गरिएको थियो । उनलाई ह्वीलचेयरमा राखेर एम्बुलेन्स चढाउँदै गरेको तस्वीर सार्वजनिक भएपछि उनी तथा अनसनरत गोरखाहरुको स्वास्थ्यका बारेमा चिन्ता बढेको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न