लण्डन । तमुधिँ युकेले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई आफ्नै भवनमा स्वागत गरेको छ ।
तमुधिँ एसोसिएसनको भवन मिचेटमा शनिबार आयोजित एक कार्यक्रममा तमुधिँ युकेका अध्यक्ष हितकाजी गुरुङले गुरुङ पोशाक भाङ्ग्रा र फेटा लगाई सम्मान गर्नुभएको थियो । ब्यागपाइपरको धुनसँगै अध्यक्ष गुरुङले दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा अन्य कर्मचारीहरुलाई पनि पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष गुरुङले तमु धिँ र राजदुतवासको सहकार्यमा बेलायतमा नेपाली संस्कृतिको जगेर्ना गर्ने, व्यापार प्रवर्धनमा जोड दिने, नेपालमा महिलाहरुको विकासमा जोड दिने, दुर्गमा क्षेत्रमा रहेको विद्यालयमा सहयोग गर्ने योजना रहेको बताए ।
उपाध्यक्ष हरि गुरुङले स्वागत भाषण गर्नुभएको सो कार्यक्रमको संचालन महासचिव पर्शु गुरुङले गर्नुभएको थियो । सो अवसरमा गोर्खा कप सफल पार्न सहयोग गरेकोमा तमुधिँ लण्डन इकाई र अध्यक्ष विष्णु गुरुङ, उपाध्यक्ष भरत गुरुङ, पूर्व अध्यक्ष चन्द्रबहादुर गुरुङ, सल्लाहकार ललितमान गुरुङलाई फेटा तथा खादा लगाई सम्मान गरिएको थियो भने आमा समूहलाई बधाई तथा सम्मान गरिएको थियो ।
गोर्खा कप सफल पार्न सहयोग गर्नु भएकोमा संयोजक क्याप्टेन देव घले, मुख्य द्वारमा सहयोग गर्नु हुने तमुधिँ दक्षिण पूर्व लण्डन इकाई र अध्यक्ष ह्यारी गुरुङलाई खादा र फेटाद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा सल्लाहकारहरुले गोरखा कपका बारेमा विभिन्न सल्लाह सुझाव दिएका थिए । त्यसपछि नेपाली मेलाका संयोजक उपाध्यक्ष हरि गुरुङबाट नेपाली मेलाको तयारीका बारेमा विस्तृत जानकारी दिइएको थियो ।
अध्यक्ष हितकाजी गुरुङले गोर्खा कप सफल पारिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद साथै आउँदै गरेको नेपाली मेलामा सबैलाई निमन्त्रणा गर्नुभएको थियो । गोर्खा कपमा नेपाली नाच प्रस्तुत गर्ने सयपत्री कल्चर सेन्टरलाई राजदुत रेग्मीबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’