लण्डन । बेलायती सांसदहरुले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पत्र लेख्दै आमरण अनसनमा बसेका गोरखा भूतपूर्व सैनिकहरुलाई भेट्न आग्रह गरेका छन् ।
बेलायती संसदमा गठित सर्वदलीय समितिमा रहेका सांसदहरु बीरेन्द्र शर्मा, लर्ड बिलिमोरिया, सीमा मल्होत्रा, नभेन्दु मल्लिक, आलान डोरान्स, डान जार्भिस, लर्ड शेख र निक स्मिथले आज प्रधानमन्त्री जोन्सनलाई पत्र लेख्दै सो आग्रह गरेका हुन् ।
पत्रमा उनीहरुले प्रधानमन्त्री जोनसनलाई अनसनकारी गोरखाहरुको गुनासो सुन्न र छलफल गर्न सुझाव दिएका हुन् । गोरखाहरुसितको वार्ताले आमरण अनसनमा बसेका गोरखाहरुको ज्यान बचाउन सक्ने र गोरखाहरुको समस्याप्रति सरकार गम्भीर छ भन्ने सन्देश जाने उनीहरुले बताएका छन् ।
सर्वदलीय संसदीय समितिले पहिलेदेखि नै गोरखा समस्याको निस्पक्ष समाधान हुनुपर्छ भन्दै आएको बताउँदै उनीहरुले पत्रमा गोरखाहरुले सम्मान महसुस गर्ने र उनीहरुको सेवाको कदर हुने किसिमको समाधान चाहिएको बताएका छन् ।
आजै संसदीय समितिका अध्यक्ष बीरेन्द्र शर्मा गोरखाहरु अनसन बसेको स्थलमा पुगी उनीहरुको अवस्था र मागका बारेमा जानकारी लिएका थिए ।
विगत सात दिनदेखि गोरखा समस्या समाधानका लागि नेपाल र बेलायत सरकारबीच उच्च स्तरीय वार्ता टोली गठन भई वार्ताको मिति तोकिनुपर्ने माग राखी ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घले आमरण अनसनमा बसेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न