

लण्डन । गोरखाहरुलाई समान पेन्सन दिलाउन बेलायत सरकारलाई दबाब दिन शुरु गरिएको हस्ताक्षर अभियानमा एक सातामै ५२ हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।
गोरखा भूतपूर्व सैनिकहरुका शुभेच्छुक रोय ब्रिन्कलेले अगष्ट ६ मा बेलायती संसदको वेभसाइटमा सो हस्ताक्षर पेजको शुरुवात गरेकोमा यो समाचार तयार गर्दासम्म ५२ हजार ६९८ जनाले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर संकलनका लागि तयार गरिएको पेजमा गोरखाहरुलाई उस्तै सेवा र तहमा सेवा गरेका बेलायती समकक्षीसरह पेन्सन दिलाउन बेलायत सरकारसित माग गरिएको छ । धेरै गोरखाहरुले बेलायती सेनामा काम गरेपछि पाइने पेन्सनले आफ्नो परिवारलाई पाल्न पुग्छ भन्ने विश्वास गरे पनि दुर्भाग्यवश त्यसो हुन नसकेको बताइएको छ ।
गोरखा भूतपूर्व सैनिकहरुको एक संस्थाको आयोजनामा बेलायतको प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनसन बसिरहेको बेला संसदबाट पनि दबाब दिने उद्देश्यले सो हस्ताक्षर अभियान शुरु गरिएको हो ।
बेलायतमा कुनै पनि विषयमा १ लाखभन्दा बढी हस्ताक्षर संकलन भएमा त्यस्तो विषयमा संसदमा छलफल हुने प्रावधान रहेको छ ।
प्रख्यात पर्वतारोही निर्मल पुर्जा एमबीई लगायत धेरै नेपाली नागरिक अभियानका अगुवाहरुले सो हस्ताक्षर अभियानमा भाग लिन अपील गरेका छन् ।
तपाई पनि सो हस्ताक्षर अभियानमा भाग लिन चाहनुहुन्छ भने यहाँ जानुहोला ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’