

लण्डन । गोरखाहरुलाई समान पेन्सन दिलाउन बेलायत सरकारलाई दबाब दिन शुरु गरिएको हस्ताक्षर अभियानमा एक सातामै ५२ हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।
गोरखा भूतपूर्व सैनिकहरुका शुभेच्छुक रोय ब्रिन्कलेले अगष्ट ६ मा बेलायती संसदको वेभसाइटमा सो हस्ताक्षर पेजको शुरुवात गरेकोमा यो समाचार तयार गर्दासम्म ५२ हजार ६९८ जनाले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर संकलनका लागि तयार गरिएको पेजमा गोरखाहरुलाई उस्तै सेवा र तहमा सेवा गरेका बेलायती समकक्षीसरह पेन्सन दिलाउन बेलायत सरकारसित माग गरिएको छ । धेरै गोरखाहरुले बेलायती सेनामा काम गरेपछि पाइने पेन्सनले आफ्नो परिवारलाई पाल्न पुग्छ भन्ने विश्वास गरे पनि दुर्भाग्यवश त्यसो हुन नसकेको बताइएको छ ।
गोरखा भूतपूर्व सैनिकहरुको एक संस्थाको आयोजनामा बेलायतको प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनसन बसिरहेको बेला संसदबाट पनि दबाब दिने उद्देश्यले सो हस्ताक्षर अभियान शुरु गरिएको हो ।
बेलायतमा कुनै पनि विषयमा १ लाखभन्दा बढी हस्ताक्षर संकलन भएमा त्यस्तो विषयमा संसदमा छलफल हुने प्रावधान रहेको छ ।
प्रख्यात पर्वतारोही निर्मल पुर्जा एमबीई लगायत धेरै नेपाली नागरिक अभियानका अगुवाहरुले सो हस्ताक्षर अभियानमा भाग लिन अपील गरेका छन् ।
तपाई पनि सो हस्ताक्षर अभियानमा भाग लिन चाहनुहुन्छ भने यहाँ जानुहोला ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण