लण्डन । कोभिड १९ बाट संक्रमितहरुको संक्रमणमा आएका व्यक्तिहरुले दुवै डोज कोरोना खोप लगाएको अवस्थामा सेल्फ आइसोलेसनमा बस्न नपर्ने भएको छ ।
बेलायत सरकारले विहीबार पूर्व जारी निर्देशिकामा संशोधन गर्दै कोभिड १९ को दुवै डोज लगाएका व्यक्तिहरुले घरमा कोही कोभिड १९ बाट संक्रमित भएमा सेल्फ आइसोलेसनमा बस्न नपर्ने बनाएको हो । तर दुवै डोज खोप लगाएको कम्तीमा १४ दिन पुगेको हुनुपर्नेछ ।
यसैगरी १८ वर्ष ६ महिनाभन्दा कम उमेरका व्यक्तिहरुले पनि परिवारमा कोही कोरोना संक्रमित भएमा सेल्फ आइसोलेसनमा बस्न नपर्ने भएको छ । यस्तै, कोभिड १९ को खोपको परीक्षणमा हाल सहभागीहरु र स्वास्थ्यका कारण कोरोना खोप नलगाएकाहरुले पनि सेल्फ आइसोलेसनमा बस्न पर्ने छैन ।
यसअघि कोभिड १९ संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएकाहरुलाई एनएचएसको कन्ट्याक्ट ट्रयासिङ आप्सले सेल्फ आइसोलेसन बस्न अह्राएपछि बेलायतका विभिन्न व्यवसायहरु प्रभावित भएको गुनासो सुनिँदै आएको थियो । १८ वर्षमुनीकाहरुलाई पनि सेल्फ आइसोलेसनमा बस्न सुझाव दिइएका कारण उनीहरुको पठनपाठन पनि प्रभावित हुँदै आएको थियो ।
यसअघि सरकारले सुपरस्टोर लगायतका विभिन्न व्यवसायमा कार्यरत कर्मचारीहरुले सेल्फआइसोलेसनमा बस्न नपर्ने गरी नियम परिवर्तन गरेको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’