लण्डन । एनआरएनए युकेका अध्यक्षका उम्मेदवारहरुले हस्ताक्षर गर्न नमानेको कारण निर्वाचनको मतपरिणाम घोषणा हुन ढिलाई भएको निर्वाचन समितिले प्रष्ट गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले शुक्रबार बिहान एक स्टाटस लेख्दै मतपरिणाम सार्वजनिक गर्न अघि अध्यक्षका प्रत्याशीहरुको हस्ताक्षर आवश्यक भएको र अध्यक्षका तीन प्रत्याशीहरुमध्ये दुई जनाले हस्ताक्षर नगरेका कारण विहीबार मतपरिणाम घोषणा गर्न नसकिएको बताएका छन् ।
अध्यक्षका प्रत्याशीहरुलाई विहीबार निर्वाचन समितिको कार्यालयमा बोलाई साँझ ८ बजेसम्म छलफल र बहस चलाए पनि हस्ताक्षर हुन नसकेको उनले स्टाटसमा बताएका छन् । ”हिजो हामीले अध्यक्ष पदका तीन जना प्रत्यासी उम्मेदवारहरुलाई निर्वाचन समिति कार्यालयमा बोलाई बेलुकी ८ बजेसम्म लामो छलफल र बहस चलाएको समेत जानकारी गराइन्छ। तर वहाँहरू हस्ताक्षर गर्न सहमत हुनुभएन । अन्तत यसकारण मतपरिणाम सार्वजनिक गर्ने प्रक्रिया अगाडी बढ्न नसकेको जानकारी गराउँछौँ” उनले भनेका छन् ।
उनका अनुसार उम्मेदवारहरुले एनआरएनए युकेको निर्वाचन गराउने कम्पनी च्वाईस भोटिङको अनुरोधअनुसार मतपरिणाम सार्वजनिक गर्दा अनलाइन चुनावी प्रक्रिया र त्यसको नतिजा हामीलाई स्वीकार्य छ भनि सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । उक्त सहमति पत्रमा हालसम्म एकजनाको मात्रै हस्ताक्षर प्राप्त भएको छ ।
सो पत्रमा अध्यक्षका प्रत्याशी दीपक श्रेष्ठले मात्र हस्ताक्षर गरेको र बाँकी दुई जनाले नगरेको बुझिएको छ ।
निर्वाचन समितिले अनलाइन भोटिङ सकिएपछि मतपरिणाम सार्वजनिक गर्नुपूर्व सम्बन्धित मुख्य व्यक्तिहरुलाई यो सहमति माग्नु बेलायती चुनावी प्रणालीमा स्वाभाविक मानिने र यस्तो सहमतिमा हस्ताक्षर प्राप्त नभएका कारण चुनावको नतिजा नै रोकिएको जनाएको छ ।
समितिले एनआरएनएका अभियन्ताहरुसँग यो असहज परिस्थितिबाट निकासा दिलाउन प्रत्यासी उम्मेदवारहरुबीच सहमति जुटाउन लागि सहयोग गरिदिन अनुरोध गरेको छ ।
समितिले मतपरिणाम समयमा नै घोषणा नहुनुमा निर्वाचन समिति र च्वोइस भोटिङको कुनै पनि भूमिका नरहेको प्रष्ट्याएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण