लन्डन । गैर आवासीय नेपाली संघ युकेको सोमबार दिउंसो १२ बजे शुरु भएको मतदान अहिलेसम्म विना कुनै प्राविधिक कठिनाइ चलिरहेको निर्वाचन समितिले जनाएको छ।
मतदान मंगलबार दिउंसो १२ बजे सकिने भएकाले मतदान गर्न बांकी मतदाताहरुलाई जति सक्दो चांडो मतदान गर्न समितिले अपिल गरेको छ।
प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले निर्वाचन गराउन जिम्मा दिइएको ब्रिटिश कम्पनी च्वाइस भोटिंगले सबै मतदाताहरुलाई इमेल पठाइसकेको र अब आफ्नो तर्फ़बाट इमेल पठाउन बाँकी नरहेको बताएको जानकारी दिए।
“कुनै मतदाताको इमेल एक्टिभ नभएको हुन सक्छ, इमेल जंक मेलमा गएर बसेको पनि हुन सक्छ, तुरुन्त चेक गर्न म अनुरोध गर्दछु,” कँडेलले भने। केही मतदाताको सदस्यता बनाउदा नै इमेल फरक पर्न गएकाले इमेल नपाएको गुनासो आएको पनि उनले बताए।
“हामीले सबै गुनासोहरुको तत्काल जवाफ दिने प्रयास गरिरहेका छौं,” उनले भने। यदि कुनै मतदाताले मतदान गराउन जिम्मा दिइएको ब्रिटीश कम्पनी च्वाइस भोटिंगबाट अहिलेसम्म पनि इमेल नपाएको भए [email protected] वा निर्वाचन समितिको फोन नम्बर 07976260155 र 07760184482 मा खबर गर्न निर्वाचन समितिले अनुरोध गरेको छ।
निर्वाचन समितिले ३०० भन्दा बढी मतदाताहरुको इमेल बाउन्स व्याक भएको भन्दै उनीहरुको विवरण आफ्नो वेब साइट www.nrnaukelection.com मा सार्वजनिक गरेको छ।
एनआरएनए युकेमा यस पटक ११,००० बढी मतदाताहरु रहेका छन्। पहिलो पटक अनलाइन माध्यमबाट चुनाव भइरहेको छ।
मतदान मंगलबार दिउंसो सकिए पनि अन्तिम नतिजा बिहीबार मात्रै प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’