लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको राष्ट्रिय समन्वय समिति तथा इङल्याण्ड र स्कटल्याण्ड राज्य समितिका लागि आज राति मतदान शुरु हुने मतदान सरेको छ ।
निर्वाचन समितिको संयोजक महेन्द्रराज कँडेलले शुक्रबार साँझ एक सूचना प्रकाशित गर्दै नयाँ प्रविधिबाट मतदान गराउन लागिएको र मतदातालाई प्राविधिक प्रक्रिया बुझाउन समय नपुगेका कारण मतदान पर सारिएको बताएका छन् ।
अब नयाँ निर्वाचन हुने समय अगष्ट २ दिउँसो १२ बजेबाट शुरु भई मंगलबार १२ बजेसम्म तोकिएको छ । मतदानको परिणाम बिहीबार साँझ ५ बजे घोषणा हुनेछ ।
निर्वाचन समितिले मतदानको समय सार्नाले परेको असुविधाप्रति क्षमायाचना गरेको छ ।
गैरआवासीय नेपाली अभियानको शुरुवात भएको मुलुक बेलायतमा यसवर्ष पहिलोपटक अनलाइनबाट मतदान हुन लागेको छ । अनलाइन मतदान गर्नका लागि निर्वाचन समितिले बेलायतको च्वाइस भोटिङ सिस्टमलाई जिम्मा दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेलका अनुसार मतदाताले फाराम भर्दा दिएको इमेल ठेगानामा भोट दिनका लागि लिङ्क पठाइनेछ । सो लिङ्कलाई क्लीक गरेपछि मतपत्र खुल्नेछ र त्यसपछि विभिन्न पदहरुमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई छानी भोट दिन पाइनेछ । उनले अनलाइन भोटिङ प्रणाली परम्परागत भोटिङ प्रणालीभन्दा सस्तो भएको दाबी गरे । उनले सो सिस्टमका लागि १३ हजार पाउण्ड जति तिर्न परेको प्रष्ट पारे ।
मतदान गर्दा एउटा आइपी ठेगाना वा डिभाइसबाट पाँचवटा मात्र भोट दिन सकिने बताइएको छ । तर उनले अनलाइनमा सबै कार्यको रेकर्ड रहने भएकाले बदनियत राखी कुनै कार्य नगर्न उनले सबैलाई सचेत पारेका छन् ।
करिब ११ हजार मतदाता रहेको बेलायतमा मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु अन्तिम अभियानमा छन् ।
बेलायत राष्ट्रिय समितिमा अध्यक्ष पदका लागि रोजिना प्रधान राई, प्रेम गाहामगर र दीपक श्रेष्ठ उम्मेदवार बनेका छन् भने इङल्याण्ड राज्यका लागि अध्यक्षमा डा मीन रानाभाट र लालबहादुर गुरुङ, स्कटल्याण्ड राज्य समितिका लागि दीवाकर पाण्डे र काशीराम भण्डारी निर्वाचनको मैदानमा छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’