लण्डन । अल्डरसटमा शिशु घात गरेको अभियोगमा दोषी ठहर भएकी २४ वर्षीया बबिता राईलाई दुई वर्ष ‘कम्युनिटी अर्डर’ को सजायँ भएको छ।
न्यायाधीश जोन्सनले सोमबार विन्चेष्टर क्राउन कोर्टमा सो फैसला सुनाएका हुन् । यसअघि उनलाई जुरीले शिशुघात गरेकोमा दोषी ठहर गरेको थियो तर हत्याको अभियोगमा भने सफाइ दिएको थियो ।
उनलाई सन् २०१७ मा नवजात शिशुलाई हत्या र घात गरेको अभियोग लगाइएको थियो । न्यायाधीश जोन्सनले उनलाई सो सजायँको साथमा ३० दिन पुनर्स्थापनाको कोर्स गर्न पनि आदेश दिएका छन् ।
सजायँ फैसला हुनुअघि नै ३८५ दिन थुनामा बिताइसकेकोले उनलाई थुनाबाट मुक्त गर्न सकिने न्यायाधीश जोन्सनले बताएका छन् ।
शिशुघातको अभियोगमा जन्मकैदसम्मको फैसला हुनसक्ने भए पनि राईलाई कम सजायँ तोकिएको बताइएको छ । फैसला सुनाउने क्रममा न्यायाधीश जोन्सनले नेपालको पितृ सत्तात्मक समाजमा परिवारको इज्जतमा धब्बा लाग्ने किसिमको गर्भ बोक्नु राईलाई कति गाह्रो थियो भन्ने उल्लेख गरे ।
विगत ४२ वर्षमा बेलायतमा शिशु घात गरेको अभियोगमा एक जनालाई मात्र जेल पठाइएको थियो तर सो फैसलालाई पुनरावेदनबाट उल्टाइएको थियो ।
न्यायाधीश जोन्सनले यस्ता किसिमका मुद्दामा सजायँ र दण्डभन्दा पनि सहानुभूति, सहयोग र पुनर्स्थापना आवश्यक छ भनेर कानुनले पहिचान गरेको बताए ।
बेलायतमा कतिपय अपराधमा दोषी ठहर भएको व्यक्तिलाई जेल नपठाई कम्युनिटी अर्डर दिन सकिने व्यवस्था छ । कम्युनिटी अर्डर बढीमा तीन वर्षसम्म दिन पाइन्छ र सो अवधिमा त्यस्तो सजायँ पाएको व्यक्तिले निगरानीमा रही बिना पारिश्रमिक सामुदायिक काम गर्नुपर्ने हुन्छ ।
राई सन् २०१७ मा बेलायत आएकी थिइन् । सो समयमा उनी गर्भवती रहेको पुष्टी भएको छ तर उनले जीपीमा दर्ता हुने फाराममा गर्भवती रहे नरहेको बारे सोधिएको प्रश्नमा भने ‘नट एप्लिकेवल’ लेखेकी थिइन् ।
मे १५, २०१७ को राति उनले अल्डरसटको मानोर पार्कमा दुई रुखको बीचमा छोरीलाई जन्म दिएकी थिइन् ।
मे १९ का दिन पार्कका कर्मचारीले मृत शिशु फेला पारेका थिए । त्यसपछि प्रहरीले सो केसलाई अगाडी बढाएको थियो । प्रहरीले सो केसलाई ‘बेबी एम’ नाम दिएको थियो । सो घटनाको करिब तीन वर्षपछि सन् २०२० मार्च ९ मा प्रहरीले राईलाई पक्राउ गरेकाे थियो र जुलाई ७ मा हत्याको अभियोग लगाएको थियो ।
सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले १ हजार २०० घरमा पुगेको, ५ हजार प्रश्नावली भराएको र १ हजार घण्टाको सिसीटिभी फुटेज हेरेको बताएको छ ।
यसै वर्षको मे ५ मा विन्चेष्टर क्राउन कोर्टमा भएको सुनुवाईमा सरकारी वकिलले नवजात शिशु जन्मेर ६ घण्टा बाँचेको बताएका थिए । सरकारी वकिलले बच्चा जन्मेपछि राईले शिशुको टाउकोमा चोट पुर्याएको र सोही चोटका कारण बच्चाको मृत्यु भएको पनि जिकिर गरेका थिए ।
राईमाथि हत्या र शिशुघातको अभियोग लगाइए पनि उनले इन्कार गरेकी थिइन् । मे २० का दिन जुरीले उनीमाथिको हत्याको अभियोग अस्वीकार गरेको थियो भने उनलाई शिशु घातमा दोषी ठहर गरेको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार