लण्डन । डार्टफोर्ड नेपाली समाजको अध्यक्षमा लेखनाथ खरेल निर्वाचित भएका छन् ।
समाजको शनिबार सम्पन्न भर्चुअल अधिवेसनले खरेलको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रुद्र कोइराला, महिला उपाध्यक्षमा विना पाण्डे घिमिरे, सचिवमा हरिबहादुर हड्खले, कोषाध्यक्षमा पारिजात बन्जाडे पाठक रहेका छन् । सदस्यहरुमा तारा भट्ट, शारदाप्रसाद कालाखेती, अस्मिता पाण्डे, मीरा घले, हरि पन्थ र सुनिता थापा रहेका छन् ।
कार्यसमितिको महासचिव र तीन सदस्य कार्यसमिति चयन गर्नेछ ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक चण्डिका भट्टले सपथ गराएका थिए ।
नयाँ कार्यसमिति चयनका लागि चण्डिका भट्टको संयोजकत्वमा राजेश पाठक, दीपक थापा, वेद भट्टराई र नरेश खपाङ्गीमगर रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित समितिका अध्यक्ष खरेलले सबैलाई समेटेर समाजलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । पूर्व कार्यसमितिले गरेका राम्रा कार्यहरुलाई निरन्तरता दिने र विगतका गल्तीहरुबाट पाठ सिक्दै अगाडी बढ्ने पनि उनले बताए ।
यसअघि पहिलो सत्र समाजका अध्यक्ष गजेन्द्र कटुवालको अध्यक्षता र महासचिव लेखनाथ खरेलको संचालनमा भएको थियो । सो सत्रमा उपाध्यक्ष आशा फेरालीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । सो सत्रमा कोषाध्यक्ष हरिबहादुर हड्खलेले आर्थिक प्रतिवेदन र महासचिव लेखनाथ खरेलले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा सचिव धन क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार