लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको राष्ट्रिय समिति, राज्य समन्वय समितिहरु तथा अन्तर्राष्ट्रिय समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरु गरी कुल ७४ पदका लागि ११० जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले मंगलबार प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावली अनुसार बेलायत राष्ट्रिय समन्वय समितिको अध्यक्षमा दीपक श्रेष्ठ, रोजिना प्रधान राई र प्रेम गाहामगरको उम्मेदवारी परेको छ भने खुला दुई उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा वर्तमान उपाध्यक्ष सुनिलबाबु खड्का, वर्तमान कोषाध्यक्ष ईन्जिनियर तेजेन्द्र रोकामगर, प्रद्युम्न (पवन) शर्मा, गोविन्द खरेल र ओमन गौचन रहेका छन् । उत्तरी आयरल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष एक पदका लागि नारायण कँडेल र नारायण कुँवरको उम्मेदवारी परेको छ भने स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने एक उपाध्यक्षका लागि मोहनकुमार कार्की र छविलाल अर्यालको उम्मेदवारी परेको छ । वेल्सबाट प्रतिनिधित्व गर्ने एक उपाध्यक्षका लागि भने रामचन्द्र पोखरेलको मात्र उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी एक जना महिला उपाध्यक्षका लागि प्रसुना कँडेल, सरस्वती खत्री क्षेत्री र शकुन्तला गुरुङको उम्मेदवारी परेको छ ।
यस्तै महासचिव पदमा जीत रानाभाट, डा मुकुन्द बाँस्तोला र खुशीमान लिम्बुको उम्मेदवारी परेको छ । खुला दुई सचिव पदका लागि विष्णु चालिसे, ज्ञानेन्द्र आलेमगर, धातानन्द खराल, विशाल गुरुङको उम्मेदवारी परेको छ भने महिला सचिवका लागि नम्रता घले गुरुङ र कल्पना त्रिपाठीको उम्मेदवारी दर्ता भएको छ । यस्तै कोषाध्यक्षका लागि विष्णु खरेल र धनसरी राईको उम्मेदवारी परेको छ ।
सहकोषाध्यक्ष पदका लागि हेम गुरुङ र सशाङ्क शर्माको उम्मेदवारी परेको छ भने महिला संयोजकका लागि विमला लिम्बु र मणिकला गुरुङ, युवा संयोजकका लागि तीर्थबहादुर (अनिल) मल्ल र चन्दन गुरुङको उम्मेदवारी परेको छ ।
राष्ट्रिय समितिका १२ जना सदस्यका लागि १९ जनाको उम्मेदवारी परेको छ । जसमा ईश्वर महर्जन, सुशील प्रजापति, ईन्दिरा (सपना) खनियाँ, विशाल राई, पदम गोले, हीरा (दीपक) सापकोटा, मोहन ओली, भीमलाल खनाल, गीता रायमाझी, पदम शाही, दीपक ढकाल, सुरेश परियार, उपेन्द्र पौडेल, देउमान इजम, चम्पा थापामगर, भानुभक्त घिमिरे, चेतबहादुर रानामगर, बालकृष्ण दाहाल, सुमन शर्मा छन् ।
इङल्याण्ड
इङल्याण्ड राज्यसमितिको अध्यक्षमा लालबहादुर गुरुङ र डा मीन रानाभाटको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा भक्त दर्जी र शक्ति घिमिरेको उम्मेदवारी परेको छ । सचिवमा कृष्णप्रसाद वैद्य र रामप्रसाद पन्थी, सहसचिवमा अन्जु कुँवर सुवाल, कोषाध्यक्षमा राजु बोहरा र सचिन भट्टराई र सहसंयोजकमा सरोज थापाको उम्मेदवारी परेको छ । चार सदस्यहरुका लागि बलराम सुवेदी, सुमनप्रसाद पन्त र सुरेन्द्र इङनामको मात्र उम्मेदवारी परेको छ ।
स्कटल्याण्ड
यसैगरी, स्कटल्याण्ड राज्यसमितिको अध्यक्षमा दीवाकर पाण्डे, शिवकान्त खराल र काशीराम भण्डारीको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भोजराज खरेल र उज्वल कार्की, सचिवमा मनिष खत्री र रामप्रसाद कँडेल, सहसचिवमा प्रकाश अर्याल र यशोदा सुमी ओझा भण्डारी, कोषाध्यक्ष डली भट्ट र शर्मिला भण्डारी र सहकोषाध्यक्षमा प्रजापति शर्मा र सुशीला गैरेको उम्मेदवारी परेको छ । यस्तै चार सदस्यका लागि बलिभद्र अम्माई, कल्याण अर्याल, कमला श्रेष्ठ, कृष्णप्रसाद देवकोटा, माधव रेग्मी, पदमलाल खरेल, शंकर पाण्डे, टीकाराम खरालले उम्मेदवारी दिएका छन् ।
वेल्स
वेल्सको अध्यक्षमा कृष्ण भण्डारी, उपाध्यक्षमा अमृत घले, सचिव दीपक प्रकाश सुब्बा इङदेन, सहसचिवमा सन्जीव मैनाली, सदस्यहरुमा अमरध्वज मल्ल, बलराम अधिकारी, भोजनारायण रेग्मी र विकास रानाभाटको उम्मेदवारी परेको छ । कोषाध्यक्ष र सहकोषाध्यक्षमा उम्मेदवारी परेको छैन ।
नर्दन आयरल्याण्ड
यस्तै नर्दन आयरल्याण्ड राज्यसमितिको अध्यक्षमा बलबहादुर थापा, उपाध्यक्षमा छामबहादुर रेग्मी, सचिवमा विष्णुबहादुर क्षेत्री, सहसचिवमा प्रेम खत्री, कोषाध्यक्षमा रामु खड्का, सहकोषाध्यक्षमा दिलिपकुमार आचार्यको उम्मेदवारी परेको छ । चार सदस्यका लागि उम्मेदवारी परेको छैन ।
आइसिसी सदस्य
आइसिसीमा उम्मेदवारी दाखिला गर्नुहुनेहरुमा समीर खनाल, दिनेश घिमिरे, अर्कराज तिमिल्सिना, राजेन्द्र पुडासैनी, कोश्लेश्वर ढकाल, महेश अधिकारी, एलएन पाण्डे, केदार थपलिया र भीमलाल भट्टराई रहेका छन् ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध