लण्डन । कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा गत वर्ष धेरैले रोजगारी गुमाउनु परे पनि अहिले भने रोजगारीका अवसरहरु उपलब्ध हुन थालेका छन्।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२१ को अप्रिलदेखि जुन महिनामा कोरोना संक्रमण शुरु हुनुभन्दा धेरै रोजगारीका अवसरहरु उपलब्ध भएका थिए । कार्यालयका अनुसार कोरोना महामारी शुरु हुनुभन्दा अघि जनवरी २०२० देखि मार्चसम्मको अवधिमा भन्दा २०२१ को अप्रिलदेखि जुनसम्म ७७ हजार ५०० बढी जागिर खुलेका थिए ।
कार्यालयको विश्लेषणअनुसार हस्पिटालिटी, रिटेल र होलसेल क्षेत्रका कारण जागिरको संख्या बढेको हो ।
कार्यालयका अनुसार अप्रिलदेखि जुन २०२१ सम्ममा ८ लाख ६२ हजार वटा जागिर खुलेका थिए । यो विगत १५ महिनायताकै सबैभन्दा धेरै भएको बताइएको छ ।
कन्फेडेरेसन अफ ब्रिटिश इन्डष्ट्रिज (सिबीआइ)का निर्देशक माथ्यु पर्सिभलले कोरोना खोपका कारण रोजगारीका अवसर महामारी पूर्वको अवस्थामा पुगेको बताए । उनले ब्यापार व्यवसायलाई पूर्ववत अवस्थामा फर्कनका लागि कर्मचारीको अभाव प्रमुख चुनौतीका रुपमा रहेको पनि उल्लेख गरे । एकातिर कोरोना संक्रमण बढ्ने अर्कोतिर कर्मचारी भर्ना गर्नमा समस्या परिरहेको साथै कर्मचारीहरु आइसोलेसनमा बस्न पर्दा दोहोरो मार परेको पनि उनले बताए ।
यसैबीच बेरोजगारी पनि मार्च र मे महिनाका बीचमा केही घटेको पाइएको छ । तथ्याङ्कअनुसार अहिले बेरोजगारी दर ४.८ प्रतिशत रहेको छ । जुन महामारी शुरुहुनु पूर्वको बेरोजगारी दरको दाँजोमा करिब १ प्रतिशत बढी हो ।
बेलायतमा डिसेम्बरदेखि नै रोजगारका अवसरहरु बढ्दै आइरहेको छ ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध