लण्डन । विदेशबाट नेपाल आउँदा अब दुवै डोज कोरोना खोप लगाएकाहरुले घरमै क्वारेन्टिनमा बस्न पाउने भएका छन् ।
नागरिक उड्डयन प्राधिकरणले आज एक विज्ञप्ति प्रकाशित गर्दै हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले पालना गर्नुपर्ने क्वारेन्टिनका बारेमा नयाँ नियम जारी गरेको हो ।
प्राधिकरणका अनुसार खोप लगाएका यात्रुहरुले त्यस्तो खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।
यस्तै आफन्तको मृत्यु लगायतका अत्यावश्यक कामका कारण नेपाल आएका तर उनीहरुको कोभिड टेष्ट नेगेटिभ आएमा र स्थानीय निकायको सिफारिस भएमा पनि उनीहरु सोझै घरमा क्वारेन्टिनमा बस्न पाउने छन् । साथै विरामीहरु, उनीहरुका रेखदेखकर्ताहरु, ७० वर्ष माथिका नागरिकहरु, ५ वर्षमुनीका बालबालिका भएकाहरुले पनि एन्टीजेन टेष्टमा नेगेटिभ रिजल्ट आएमा र स्थानीय निकायको सिफारिस भएमा घरमै क्वारेन्टिनमा बस्न पाउने छन् ।
यसैगरी, सुरक्षाकर्मीहरु, कुटनीतिज्ञहरु, सरकारी कर्मचारीहरु, उद्दारकर्ताहरु र उनीहरुका परिवारका सदस्यहरुले पनि घरमै क्वारेन्टिनमा बस्न पाउनेछन् । यस्तै विदेशबाट डिपोर्टेसनमा पठाइएका नागरिकहरुले पनि घरमै क्वारेन्टिनमा बस्नसक्ने बताइएको छ ।
अपडेट गरिएको नियमअनुसार यसरी घरमै क्वारेन्टिनमा बस्दा १० दिन बस्नपर्नेछ भने सातौँ र ११ ओैं दिनमा कोभिड टेष्ट गर्नपर्नेछ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण