
लन्डन । मास्टर राष्ट्र राई संस्थापक अध्यक्ष रहेको सगरमाथा तेक्वान्दो डोजाङले नेशनल तेक्वान्दो छुङडोकन च्याम्पियनसीपमा भारी सफलता चुमेको छ । बेलायतका विभिन्न क्लबीच गत २१ मार्चमा ब्रेकनेलमा आयोजित राष्ट्रिय स्तरको प्रतियोगितामा क्लवले क्योरुगीतर्फ २० वटा गोल्ड, २३ वटा सिल्भर, १६ ब्रोन्ज गरि ५९ मेडल र पुम्सेतर्फ तीन ब्रोन्ज मेडल जितेको मास्टर राईले वीनेपालीलाई जनाए । ‘हाम्रो यो लगातार छैठौं वर्षको सफलता हो’–राईले खुशी बांडे, ‘आफ्ना विद्यार्थीको यो सफलताबाट म औधि खुशी छु ।’
उक्त प्रतियोगितामा क्लवका विभिन्न शाखाबाट ७५ विद्यार्थीले भाग लिएका
थिए ।
सन् २००२ मा स्थापित उक्त क्लवमा बेलायतभर १४ वटा शाखा छन् भने करिब चारसय विद्यार्थीले हाल तेक्वान्दो सिकिरहेका छन् ।
राईले क्लवले आगामी सेप्टेम्बरमा हुने ब्रिटिश ओपन च्याम्पियनसीपमा करिब ५० विद्यार्थीलाई प्रतिष्पर्धा गराउने लक्ष्य लिएको जनाए । मे २१ मा हल्याण्डमा हुन गइरहेको मास्टर च्याम्पियनसीपमा समेत क्लवले प्रतिष्पर्धा गर्दैछ । क्लवको जुलाईमा आफ्नै च्याम्पियनसीप समेत गर्ने तयारी छ ।
मास्टर राष्ट्र राईको यस क्षेत्रमा बेग्लै ख्याति छ । उनले सन् १९९६ यता हरेक वर्ष भर्ती भएर आउने गोर्खाहरुलाई क्याट्रिक गएर खुकुरी फाइट सिकाउने गरेका छन् ।
‘सेल्फ डिफेन्स्, आक्रोश नियन्त्रण र कुलतबाट टाढिन तेक्वान्दो प्रशिक्षण जरुरी छ’–राई भन्छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा