लण्डन । बेलायती महारानीको जन्मोत्सवको अवसरमा एक गोरखा अधिकृतले उच्च सम्मान पाएका छन् ।
बेलायती सेनाको क्वीन्स ओन गोरखा लजिस्टिक रेजिमेण्ट (क्यूओजीएलआर)मा कार्यरत क्याप्टेन विवेकजंग शाहको नाम महारानीको जन्मोत्सवमा मेम्बर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर (एमबीई) सम्मान पाउनेको सूचीमा परेको छ । उनलाई स्थानीय समुदाय र आर्मी रेजिमेण्टलाई जोखिमपूर्ण पूर्वाधार परियोजनाहरुमार्फत निपूण तवरले जोडेकोमा सो सम्मान दिइएको हो । उनले ती योजनाहरु स्थानीय एबिङडोन स्टेशनमा गरेको बताइएको छ । जहाँ क्यूओजीएलआरको सपोर्ट स्क्वायरडन अवस्थित छ ।
उनलाई दिइएको सम्मानमा क्याप्टेन शाहले अक्सफोर्डसायरको नेपाली सँस्कृतिमा अतुलनीय र महत्वपूर्ण योगदान दिएको बताइएको छ ।
शाहले आफूले शान्ति र प्रेमको सन्देश फैलाउनमा जोड दिएको बताएका छन् । उनले आफ्ना पुर्खाहरुले बेलायत र महारानीलाई दिएको योगदानलाई निरन्तरता दिनु र त्यसलाई कायम राख्नु आफ्नो कर्तब्य भएको बताएका छन् । साँस्कृतिक चेतनामार्फत सबैलाई एकीकृत गर्नु र समाजमा शान्ति र प्रेमको सन्देश छर्नु नै आफ्नो लक्ष्य रहेको उनले बताएका छन् ।
नेपालगंजमा जन्मिएका शाह सन् १९९९ मा गोरखा सैन्यमा भर्ती भएका थिए । उनले कोसोभो, अफगानिस्तान, इराक लगायतका सातवटा अपरेसनल टूर पूरा गरेका छन् ।
सम्मान पाउनेको सूचीमा परेको थाहा पाएपछि शाहले आफ्नो मिहिनेत र समर्पण चेन अफ कमाण्डले बुझेकोमा खुशी लागेको बताएका छन् । यो आफूले कल्पना गरेको सबैभन्दा ठूलो अवार्ड भएको पनि उनले प्रतिक्रिया दिए । आफ्नो परिवारका लागि मात्र नभई क्यूओजिएलआर र गोरखा ब्रिगेडकै लागि यो खुशीको कुरा भएको उनको भनाइ छ ।
शाह अहिले अल्डरसटमा कार्यरत छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’