लण्डन । बेलायत सरकारले अन्तिम समयमा पूर्व घोषित योजना परिवर्तन गर्नाले आजदेखि हटाइने भनिएको बेलायतमा कोभिड १९ का कारण लगाइएको सबै किसिमका प्रतिबन्धहरु अझै केही साता जारी नै रहनेछन् । तथापि सरकारले आजबाट केही नियमहरु भने परिवर्तन गरेको छ ।
जसमा विवाह वा वैवाहिक समारोहमा उपस्थित हुनेहरुको संख्या पनि एक हो । आजदेखि इङल्याण्डमा विवाह वा वैवाहिक समारोहमा कति जना उपस्थित हुन सक्ने भन्ने संख्या सरकारले होइन सम्बन्धित हलवालाले तोक्नेछन् । कोभिड १९ बाट सुरक्षित हुने मापदण्ड अपनाउँदा कति जनालाई आफ्नो हलमा अटाउन सकिन्छ त्यसको आधारमा सम्बन्धित हलवालाले त्यस्तो संख्या तय गर्नेछन् । तर घर भित्र भने बढीमा ६ जना वा दुई परिवारका सदस्यहरु मात्र भेट्न पाउने नियम भने जारी नै छ ।
वैवाहिक समारोहमा उपस्थित हुँदा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क लगाउनु पर्ने लगायतका नियमहरु भने कायम नै छन् । यस्तै नाच्न र गाउन पनि पाइने छैन ।
घरबाहिर अस्थायी पाल टाँगेर संरचना बनाउँदा आधा जस्तो भाग खुला छोड्न पर्ने नियम छ भने हलबाहिर भने ३० जनासम्म भेटघाट गर्न पाइने छ ।
यस्तै आजदेखि केयर होममा बसोबासरत व्यक्तिहरुले आफूलाई भेट्ने पाँच जनासम्मको नाम टिपाउन पाउनेछन् र उनीहरुमध्ये दुईजनाले हरेक दिन भेट्न पाउने छन् । तर यो नियमहरु स्थानीय काउन्सिलहरुले त्यहाँको कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न अपनाएका नियमहरुका कारण प्रभावित पनि हुन सक्नेछन् ।
बेलायत सरकारले यसअघि जुन २१ बाट कोभिड १९ सम्बन्धी सबै प्रतिबन्धातमक नियमहरु हटाउने घोषणा गरे पनि डेल्टा नामक भेरियन्टको संक्रमण बढेपछि अन्तिम समयमा आएर सो योजनाबाट पछि सरेको थियो ।
अब जुलाई १९ मा सबै नियमहरु हटाउने बेलायत सरकारको योजना छ ।
बेलायतमा अहिले सबै बयस्कहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको छ । उमेरअनुसार खोप लगाउन प्राथमिकताक्रम निर्धारण गरिएकोमा अहिले १८ वर्षमाथिका सबैलाई खुला गरिएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण