लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को चौथो अधिवेशनबाट कमान सिङ कर्मा पहाडी शेर्पा अध्यक्षमा निर्वाचित भएका छन । शनिवार भर्चुअल रुपमा सम्पन्न अधिवेशनमा ११ वटा संस्थाको अध्यक्षहरुको मतदानबाट ६ संस्थाको भोट प्राप्त गरि शेर्पा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी धन रोगुलाई ४ संस्थाले भोट गरेका थिए । बेलायतमा स्थापित ११ वटा संस्थाहरु महासंघमा आवद्ध छन् ।
पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष श्रीमति लिला सेलिङ माबो, उपाध्यक्ष श्रीमति सरला रानामगर, सचिव श्रीमति विमला कुमारी राई र सदस्यहरुमा क्रमशः विष्णु जिमी, हिमाना दुरा, इन्द्रजंग दुरा, अभिषेक सुनुवार, देबेन्द्र आङबो, शान्त शेर्पा, गनवीर थापामगर, रेन्जी शेर्पा लामा लगायत चयन भएका छन । संगीत क्षेत्रमा समेत विशेष प्रतिभा रहेका शेर्पा वेलायतस्थित नेपाली समुदाय माँझ परिचित छन् ।
दुई चरणमा भएको अधिवेशनमा पहिलो चरणमा अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए । अधिवेशनको बन्द सत्रमा सहमतिको प्रयास सफल हुन नसकेपछि मतदान मार्फत नेतृत्व चयन गरिएको थियो । निर्वाचन परिणाम घोषणा लगतै अध्यक्ष लगायत निर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक भक्त दुराले सपथ ग्रहण गराएका थिए । निर्वाचन मण्डलका सदस्यद्वय धर्म तामाङ र थर्क रानाले मतदानको टेक्स प्राप्त गरेका थिए । अधिवेशनमा मोबाइल टेक्स्ट मार्फत मतदान गराइएको थियो ।
अध्यक्ष जंगबहादुर सुनुवारको सभापतित्व सम्पन्न पहिलो चरणको कार्यक्रम महासचिव खुसि लिम्बुले संचालन गरेका थिए। उक्त अधिवेशनमा नेपाल , युके र बिभिन्न देशमा रहेका महासंघ संग सम्बद्ध संघ संस्थाहरु, एनआरएनए , नेपाल पत्रकार महासंघ बेलायतलगायतका अध्यक्षहरुले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’