लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको पंजिकृत सदस्यको लागि आवेदन दिने करीव १२ हजार पुगेका छन । गत कार्यकालमा झण्डै १४ हजार सदस्य रहेकोमा यस पटक २ हजारले कमि आएको हो । अनलाईन मार्फत सदस्यता आवेदनका लागि तय गरिएको समय सीमा सोमबार मध्यरातसम्मको ११ हजार ६ सयले आवेदन दिएको एनआरएनए यूकेले जानकारी दिएको छ ।
पहिलोपटक एनआरएनए आइसीसीको ‘एमआइएस सिस्टम’ अन्तर्गत अनलाइनमार्फत् सदस्यता वितरण गरिएको थियो । एनआरएनए यूकेको आगामी कार्यसमिति चयनका लागि आउंदो जुलाई ३१ तारिखका दिन निर्वाचन हुँदैछ । भावी अध्यक्षका लागि अहिलेसम्म प्रेम गाहामगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठ मैदानमा देखिएका छन् ।
यसैबीच, एनआरएनए यूकेले एक वक्तव्यमार्फत् सदस्यताको लागि आवेदन गर्ने बेलायतवासी सबै नेपालीमा धन्यवाद ज्ञापन गरेका छन ।

कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’