लण्डन । कोरोना भाइरसका कारण बेलायतमा लामो समयदेखि लागू यात्रा तथा भेटघाट आदिमा रहेको प्रतिबन्ध अझै चार साता रहने भएको छ ।
यसअघि यही जुन २१ मा कोरोना भाइरससम्बन्धी सबै प्रतिबन्धात्मक व्यवस्था अन्त्य गरेर जनजीवन सामान्य बनाउने सरकारको योजना रहेको भए पनि कोरोना भाइरसको डेल्टा भेरियन्टका कारण संक्रमण बढ्दै गएपछि सो म्याद चार साता पर सारिएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार चार सातामा अझ धेरै मानिसहरुमा खोप लगाउने बताएका छन् । यसअघि स्वास्थ्यविद्हरुले डेल्टा भेरियन्टको संक्रमण दरका कारण पर्नसक्ने प्रभावलाई नजरअन्दाज नगर्न चेतावनी दिएका थिए । उनीहरुले चारसातामा डेल्टा भेरियन्टको संक्रमण उच्च विन्दूमा पुगेर घट्न थाल्ने पनि बताएका छन् ।
प्रधानमन्त्री जोन्सनले वैवाहिक समारोहमा उपस्थित हुन तोकिएको संख्या भने हटाएका छन् । उनले सम्बन्धित स्थललाई नै कति मानिसलाई उपस्थित हुन दिने निर्क्यौल गर्न अधिकार दिइएको बताएका छन् । तर घरभित्र हुने भेटघाटमा भने दुई घरका सदस्य वा बढीमा छ जनासम्मलाई मात्र भेट्न दिने हद भने कायमै छ । यसैगरी घरबाहिर ३० जना मात्र भेट्न पाइने नियम पनि कायमै रहने छ । साथै सम्भव भए घरबाटै काम गर्नु भन्ने सल्लाह पनि जारी नै छ ।
सरकारले अन्तिम समयमा पूर्ववत् निर्णय परिवर्तन गर्दा अतिथि सत्कार उद्योगमा भने नकारात्मक असर पर्ने बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग