काठमाडौं। पूर्व पञ्चहरुको दल राप्रपा नेपाल र राप्रपाले आगामी वैशाख पहिलो साता पार्टी एकीकरण गर्ने गरी गृहकार्य थालेका छन्। सिंहदरबारस्थित राप्रपा संसदीय दलको कार्यालयमा भएको कार्यदलको बैठकले वैशाख पहिलो साताभित्र बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने सैद्धान्तिक सहमति गरेको छ। ‘वार्ता सार्थक र सकारात्मक दिशातर्फ अघि बढेको छ,’ राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले भने, ‘त्यसका लागि दुइटा समिति गठन गरिएको छ ।’
वैचारिक विषयमा रहेका मतभेद समाधान गर्नका लागि बनेको वैचारिक सैद्धान्तिक समितिमा राप्रपाका महामन्त्री दीपक बोहोरा, प्रवक्ता ठाकुर शर्मा र केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्ट, उपाध्यक्ष निरञ्जन थापा, सहायक महामन्त्री राजाराम श्रेष्ठ छन् ।
प्राविधिक समितिमा राप्रपाका बुद्धिमान तामाङ, सहायक भुवन पाठक, सहायक महामन्त्री हेमजंग गुरुङ, सहायक महामन्त्री किरण गिरी रहेका छन् भने राप्रपा नेपालका तर्फबाट उपाध्यक्ष धवलशमशेर राणा, महामन्त्री चन्द्रबहादुर गुरुङ, सहप्रवक्ता श्रेष्ठ र प्रमुख सचेतक दिलनाथ गिरी रहेका छन्। कार्यदलले बुधबार नै काम थाल्ने राप्रपा नेपालका सहप्रवक्ता श्रेष्ठले बताए।
संवैधानिक समितिले एकीकृत दलको सैद्धान्तिक आधार तय गर्ने छ। राप्रपाले २०६२-०६३ को क्रान्तिको उपलव्धिहरु गणतन्त्र, संघीयता, धार्मिक निरपेक्षता जस्ता विषयलाई स्वीकारेको छ भने राप्रपा नेपालले संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र विकेन्द्रिकरणलाई राजनीतिको मूल आधार बनाएको छ। प्रविधिक समितिले संगठनको संरचना निर्माणका लागि काम गर्नेछ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते