लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल निर्वाचित भएका छन् ।
आइतबार लन्डनमा सम्पन्न शाखाकाे पाँचाैँ अधिवेसनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा निर्वाचन भएको थियो भने बाँकी पदहरुमा निर्विरोध उम्मेदवारी परेको थियो ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार, उपाध्यक्षद्वयमा प्रमिला लाबुङ राई र शिव भण्डारी, महासचिवमा नरेन्द्रकुमार बस्नेत, सचिवद्वयमा मंजु भण्डारी खरेल र खेमराज रानाभाट, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा गोमा राना, नगेन्द्रराज नेम्वाङ र जयराम तामाङ निर्वाचित भएका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिनेछन् ।
जम्मा ४३ मतदाता रहेको शाखामा ३८ जनाले पोस्टल मतदान गरेका थिए भने बाँकी ५ जनाले आइतबार प्रत्यक्ष मतदान गरेका हुन् । ती मध्ये १ भोट बदर भएको थियो ।
नवनिर्वाचत अध्यक्ष अर्याल यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए । उनी लण्डनबाट प्रकाशन हुने नेपाली लिंकडटकमका सम्पादक र अन्नपूर्ण राष्ट्रिय दैनिकका बेलायत संवाददाता पनि हुन् ।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ ।
नवनिर्वाचित कार्यसमितिलाई केन्द्रिय प्रतिनिधि वरिष्ठ पत्रकार भगिरथ योगीले निर्वाचित समितिलाई शपथ खुवाएका थिए ।
शाखाको पाँचौं समितिको निर्वाचन रमेश सराङकोटी नेतृत्वको निर्वाचन समितिले गराएको थियो । समितिमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य तथा सोलिसिटर दीपक भट्टराई कानूनी सल्लाहकार थिए ।
यसअघि आइतबार बिहान शाखाको अधिवेसनकाे उदघाटन महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यमा भएको थियो । अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षता र महासचिव संजयभक्त कँडेलको संचालनमा भएको उद्घाटन समारोहमा केन्द्रीय समितिका महासचिव रोशन पुरी, केन्द्रीय प्रतिनिधि भगिरथ योगी, संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राई, नेपाल प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौलालगायतले शुभकामना दिएका थिए । शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले स्वागत मन्तव्य दिएका थिए भने उद्घाटन समारोहमा बेलायतमा बसोबासरत पाँच अग्रज मिडियाकर्मीहरुलाई सम्मान गरिएको थियो । जसमा सुमन खरेल, भगिरथ योगी, विजय थापा, सुरेशजंग शाह, चिरन्जीवी पौड्याल रहेका छन् ।
यस्तै, शाखाले यसै वर्षदेखि प्रदान गर्न शुरु गरेको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार २०२१’ को विजेताको घोषणा छनौट समितिका संयोजक डा. कृष्ण अधिकारीले गरेका थिए। यस वर्ष सो पुरस्कार पत्रकार श्रीभक्त खनालले ‘ला बास्सीबाट गोर्खाली बह’ शीर्षकको स्टोरीका लागि पाएका छन् । सो पुरस्कारको राशी ५०२ पाउण्ड नगद र प्रमाणपत्र रहेको छ ।
तत्पश्चात सम्पन्न शाखाको बन्द सत्रले महासचिव संजयभक्त कँडेलद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन, अध्यक्ष नरेश खपाङ्गीमगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो भने वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले घोषणा पत्र वाचन गरेका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण