लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सदस्यता आवेदन मिति थप गर्ने बिषय विवादमा परेको छ । दुइ दिनपछि अर्थात आगामी जुन १० बिहिबार एनआरएनए युके सदस्यता आवेदन म्याद सकिन लाग्दा कार्यसमितिका भित्र विवाद उत्पन्न भएको हो ।
स्रोतका अनुसार कार्यसमितिको ग्रुपमा सदस्यता आवेदन मितिका बारेमा एनआरएनए अध्यक्ष पुनम गुरुङले राखेको प्रस्तावमा पदाधिकारी तथा सदस्यहरुले म्याद थप गर्ने वा म्याद थप नगर्ने बिषयमा पक्षविपक्षमा धारणा राखिरहेका छन । सोमबार अध्यक्ष गुरुङले राखेको दुई प्रस्ताबमा सदस्यता आवेदनको म्याद थप गर्ने र इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष दीपक श्रेष्ठलाई प्रमाणिकरणको अधिकार दिने बिषय समेटिएका छन् ।
एनआरएनए युकेको सदस्यता लिने आवेदनकहरु न्युन भएकाले जनताको चाहाना र सवै पक्षको सल्लाहमा पुर्व अध्यक्षहरु सम्मिलित संरक्षक परिषद्ले आगामी जुन ३० सम्म सदस्यता आवेदन म्याद बढाउने सिफारिस भएको अध्यक्ष गुरुङको प्रस्ताब उल्लेख छ ।
उनले वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद्का बारेमा केही उल्लेख नगरि इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्षको श्रेष्ठलाई मात्र सदस्यता प्रमाणिकरणको दिने प्रस्ताव गरेकी छिन । चार राज्य समन्वय परिषद् मध्ये इंग्ल्याण्डको मात्र किन सिफारिस गरेको भन्दै कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुले आलोचना गरेको स्रोतले बतायो । कार्यसमितिका एक सदस्यका अनुसार मंगलबार नै एनआरएनए युकेले सदस्यता लिने म्याद बढाउने बारेमा सुचना जारी गर्ने संभावना छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण